2026-07-25 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुट होइन, अब एजेण्डामा बहस गर्ने बेला आएको छ : नेता भुसाल

साउन १८, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

 नेता भुसालले इतिहासलाई हेरेर नभई नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्ने बेला आएको भन्दै अब पार्टीभित्रको गुट–उपगुट त्यागेर अघि बढ्नुपर्नेे बताउनुभयो । “जनयुद्ध र सबै खालका आन्दोलन तथा वर्ग सङ्घर्षका भोगाइबाट नेपाली मोडलको समाजवाद निर्माणको बाटो अहिलेको पुस्ताले कोर्नुपर्छ”, नेता भुसालले भन्नुभयो, “अब अलमल गरेर बस्ने होइन ।”

चुनाव जित्ने र सत्तामा पुग्ने मात्र पार्टीको सपना भए अझै १० वर्षसम्म केही नगर्दा पनि हुने भन्दै उहाँले समाजवाद पुग्ने हो भने नेपाली मोडलको कार्यदिशा निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “इतिहासमा यो ग¥यौँ ऊ ग¥यौँ भनेर अल्झिने हो भने समाजवादमा पुग्न सकिँदैन, इतिहासबाट सिकेर अब यसरी अगाडि बढ्ने हो भनेर सबै कार्यकर्तालाई भन्न सक्नुपर्छ, उहाँले भन्नुभयो, त्यसका लागि पार्टीभित्रको गुट–उपगुटमा अल्झिएर बस्नु हुँदैन ।”

नेता भुसालले अहिले नेपाल कम्युनिष्ट पार्टीलाई जनताले लेकमा पु¥याएको व्यङ्ग्य गर्दै एकैपटक तराईबाट लेकमा पुग्दा पार्टीको जीवन लेकमा समायोजन हुन केही समस्या र अप्ठ्यारा आउनु स्वाभाविक भएको तर्क गर्नुभयो । “जसरी तराईमा बसोबास गर्दै आएको व्यक्तिलाई उच्च हिमाली भेक पुग्दा केही त्यहाँको वातावरणमा मिल्न समस्या हुन्छ, अहिले नेकपामा भएको पनि त्यस्तै मात्र हो, अरु ठूलो समस्या छैन”, उहाँले भन्नुभयो ।

नेता भुसालले १५ दिनभित्रमा सकिने जिल्ला कमिटीको एकताको काम टुङ्ग््याउन १५ महीना लगाउने काम गलत भएको बताउनुभयो । “अखिर १५ दिनमै सकिने रहेछ, त्यति कामका लागि हामीले १५ महीना लगायौँ, यसले राम्रो सन्देश जाँदैन, उहाँले भन्नुभयो, यस्ताखालका कमकमजोरी अब हुन दिनु हँुदैन ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली