2026-09-13 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम सरकारले गौरा पर्वमा सार्वजनिक विदा दिएन

साउन २४, कैलाली | सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशबासीको महत्वपूर्ण चाँड गौरा पर्वमा सार्वजनिक विदा नदिएपछि आलोचना भएको छ । साउन ८ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण पर्वहरुमा विदा दिने निर्णय गरेको भएपनि गौरा पर्व नसमेटिएपछि आलोचना भएको  हो |

मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्दै साउन ३० गते पर्ने रक्षा बन्धन, भाद्र २ गते परेको अँटवारी पर्व, पौष १० गते परेको भुँवा पर्व र माघ १ गते परेको माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिएको छ तर गौरा भाद्र ६ गते परेको गौरा पर्वमा भने विदा नै दिईएको छैन् ।

गौरा पर्व सुदूरपश्चिमबासीको सांस्कृतिक पहिचान झल्काउने पर्व भएपनि प्रदेश सरकारले सार्वजनिक विदा नदिएपछि चौतर्फी आलोचना भएको छ ।  सुदूरपश्चिमलाई राष्ट्रिय स्तरमा चिनाउने पर्व गौरा भएपनि प्रदेश सरकारले सार्वजनिक विदा नदिएर जनता माथि अन्याय गरेको स्थानीयको भनाइ छ |

विगतमा संघिय सरकारले समेत गौरा पर्वमा सार्वजनिक विदा दिदै आएकोमा प्रदेश सरकारले विदा नदिनु दुःखद पक्ष भएको जनाउँदै निर्णय सच्याउन सरकारसंग  स्थानीयको आग्र छ  | गौरा पर्व नै सुदूरपश्चिमको पहिचान भएकाले प्रदेश सरकारले तुरुन्त विदा दिनुपर्ने नभए समाजमा गलत सन्देश प्रवाह हुने  जानकारहरु बताउ छन् |  गैरा पर्व सिङ्गो नेपालकै वैदिक संस्कृती भएकाले नै विगतमा संघिय सरकारले समेत विदा दिदै आएको  थियो | आफ्नो प्रदेशको मूल पहिचान र परम्परागत सस्कृतिको रक्षा गर्नु प्रदेश सरकारको दायित्व हो त्यसैले तत्काल प्रदेश सरकारले यहाका जनताको चाहनालाई बुझेर गौरा पर्वको समयमा बिदा दिनु पर्ने देखिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले