३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिताको उपाधि घरेलु टिम सुनौलो संगमलाई

२७ चैत्र २०७२, शनिबार १५:४७

hsfd

कृष्ण खानाल ।  चैत २७, बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा शनिबार सम्पन्न प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ को उपाधि घरेलु टिम सुनौलो संगम युवा क्लवले हात पारेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा विभागिय टिम त्रिभुवन आर्मीलार्ई ३–२ ले हराउँदै सुनौलो संगमले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ को बरावरी भएपछि थप गरिएको अतिरिक्त समयमा सुनौलोले थप एक गोल गर्दै घरेलु मैदानमा उपाधि रक्षा ग¥यो । त्रिभुवन आर्मीका सुदिल राईले खेलको पाँचौं मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल खाएपछि आक्रमक खेल प्रस्तुत गरेको सुनौलो संगमले खेलको २६ औं मिनेटमा आर्मीका गोलकिपर विकाश मल्ल अगाडि बढेको मौकामा दामोदर थापा क्षेत्रियले आर्कषक हेड गोल गर्दै टिमलाई १–१ को बरावरीमा पुराए । त्यस लगत्तै आर्मीका राजिव गुरुङले खेलको ३२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–१ के अग्रता दिलाए ।

दोस्रो हाफमा लयमा रहेको सुनौलो संगमका लागि खेलको ७० औं मिनेटमा यलन थापाले गोल गर्दै टिमलाई २–२ को बरावरीमा पुराए । निर्धारित समयको खेल २/२ को बरावरी भएपछि थप गरिएको अतिरिक्त १४ मिनेटमो पहिलो मिनेटमानै सुनौलो संगमका लागि सुरज हमालले गोल गर्दै टिमलाई अग्रता दिलाए र बाँकी समय आर्मीले गोल गर्न सकेन र सुनौलो संगम युवा क्लव बुटवलले ३–२ ले हराउँदै उपाधि रक्षा ग¥यो । उपाधि विजेता सुनौलो संगम युवा क्लवले ३ लाख ३ हजार ३ सय १३ रुपैया सहित कप, मेडल र प्रमाण पत्र हात पार्यो भने उपविजेत ाबनेको त्रिभुवन आर्मीले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा म्यान अफ द म्याच आर्मीका विकास मल्ल घोषित भए । त्यस्तै हाई गोल स्कोरमा आर्मीमा राजिव गुरुङ, वेष्ट कोचमा सुनौलो संगमका भानु थापा, बेष्ट गोलकिपरमा सुनौलो संगमका दिलिप क्षेत्री, बेष्ट मिडफिल्डरमा सुनौलो संगमकै दामोदर थापा क्षेत्री, बेष्ट डिफेन्समा आर्मीका शेषराज घोािषत भए । उनीहरुले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । त्यसैगरी बेष्ट पलेयर अफ दि टुर्नामेन्ट बाट सुनौलो संगम युवा क्लवका सुरज हमाल घोषित भए । उनले नगद ७ हजार ७ सय ७७ रुपैया प्राप्त गरे ।

विजयी टिम तथा उपविजेता टिमलाई पुर्व सभामुख सुवासचन्द्र नेमाङले पुरस्कार वितरण गरे । अन्तर्गत बुधबार भएको खेलमा सुनौलो संगम युवा क्लव विजयी रुपन्देही भएको छ । बुटवल १२ स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा भएको खेलमा विभागिय टिम एपिएफ काठमाडौलाई ४, २ ले हराउँदै सुनौलो संगम युवा क्लव विजयी भएको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान विद्यालयको खेल मैदान जारी प्रतियोगितामा खनाल ब्रदर्श, मदन भण्डारी स्पोट्स एकेडेमी, ए.पि.एफ, काठमाण्डौ, सुनौलो संगम युवा क्लव, चितवन–११, पश्चिमाञ्चल प्रहरी टिम, बुटवल, सिम्रिक युवा क्लव, नवलपरासी–११, टेन्सवर्ग फर्सा्टिकर–११, क्यानडी ट्रिनिटी क्लव स्याङ्जा र त्रिभुवन आर्मी क्लव काठमाडौंको सहभागिता रहेको छ ।

त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५÷५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत विहिबार दोस्रो सेमिफाईनल खेलमा नवजागृती युवा क्लव सिमरा र त्रिभुवन आर्मी क्लव काठमाडौं का बीच ठिक ३ बजेदेखि खेल सुरु हुनेछ । यी दुई टिम मध्ये जुन टिम विजयी हुनेछ सो टिमले फाईनलमा चैत २७ गते सुनौलो संगम युवा क्लव सँग प्रतिस्पर्धा गर्नेछ ।

फोटोः एपिएफ क्लवको पोष्टमा गोल गर्दै सुनौलो संगम युवा क्लवका खेलाडि । तस्वीरः विकाश पराजुली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’