2026-07-26 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर ल्याइयो

साउन २७, काठमाडौं । स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर यातायात व्यवस्था विभागमा ल्याइएको छ । साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग नै धान्न नसक्ने अवस्था आएपछि मास प्रिन्टर ल्याइएको हो ।

भारतीय कम्पनी मद्रास प्रिन्टरले यो मेसिन नेपालमा आपूर्ति गरेको हो । मद्रासले नै नेपालमा स्मार्ट लाइसेन्स छपाइ व्यवस्थापनको जिम्मा लिएको छ । यो मेसिनलाई सिस्टमसँग जोड्न नै एक महिना बढी लाग्ने अनुमान छ । यो मास प्रिन्टरले घण्टामा १५ सय वटा लाइसेन्स छाप्न सक्छ । यो प्रिन्टरले अबको करिब ४ देखि ६ महिनामा पुराना सबै लाइसेन्स छापिसक्नेछ ।

लाइसेन्सको प्रिन्ट हुन बाँकी संख्या अहिले ५ लाखभन्दा माथि छ । प्रिन्टमा समस्या कायमै रहेपछि स्मार्ट सवारी लाइसेन्स वितरणमा देखिएको समस्या फुकाउन भन्दै सरकारले मास प्रिन्टर खरिदको निर्णय लिएको थियो । मेसिनसँगै स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने १० लाखवटा कार्ड पनि आपूर्ति गर्ने जिम्मा मद्रासले लिएको छ ।

विभागमा मागअनुसार लाइसेन्स बाँड्न नसकिएको ‘ब्याक लग’ संख्या दिनानुदिन बढ्दो छ । अब स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टरले विभागमा माग भएअनुसार लाइसेन्स छापेर बाड्न सकिने छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ