२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा विद्यालयका कार्यालय सहयोगी मृत फेला

२०७६, २८ श्रावण मंगलवार ०५:४५

साउन २८, गोरखा । विद्यालयका कार्यालय सहयोगी मृत फेला फेला परेका छन | गोरखाको गोरखा नगरपालिका-१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे विद्यालय परिसर नजिकैको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान  मृत फेला फेला परेका  हुन् |

‘बिद्यालयबाट बेलुकी आठ बजे सधैं घर जान्थे, हिँजो साढे आठ बजे विद्यालयबाट खाना खाएर निस्केका रहेछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले भने, ‘आज बिहान ५ बजे विद्यालय नआएपछि मलाई फोन आयो, घरमा बुझ्दा हिँजोदेखि घर नगएको भन्ने कुरा थाहा भयो ।’

त्यसपछि उनको खोजी सुरु गरिएको थियो ।  अध्यक्षले भने, विद्यालयदेखि केही मिटर माथिको सडक छेउमा एउटा चप्पल, बिस्कुट र लाइट भएको प्लाष्टिकको पोको भेटियो । ‘सडकमा एउटा चप्पल देखेपछि हामी खोज्दै तल जंगलतिर गयौं, मान्छे घिस्रेको डोब थियो, हेर्दै जाँदा तल उनको शव भेट्यौं अनि प्रहरीलाई खबर गर्‍यौ,’

सडकबाट करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । मृतक घिमिरेको टाउको र खुट्टामा चोट देखिएको छ । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल गोरखा ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका-१० नौविसेका घिमिरे करिब २० वर्षदेखि मनकामना आवासीय बहिरा माविमा कार्यरत छन् । घिमिरे पनि कान सुन्दैनथे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते