२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

हिरासतको ताल्चा फोडेर दुई भारतीय थुनुवा फरार

२०७६, २८ श्रावण मंगलवार ०६:०३

साउन २८, इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतमा रहेका दुई भारतीय नागरिक हिरासतको ताला फोडेर भागेका छन् । केही सार्वजनिक मुद्दामा थुनामा रहेका भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल मंगलबार राति फरार भएका हुन् |

राति करिब साढे १ बजे हिरासतको ताला फोडेर उनीहरू भागेका थिए। झापा प्रहरीका अनुसार दुवैको खोजी भइरहेको छ। झापा प्रहरीका अनुसार दुई थुनुवामध्ये एक जनालाई दिउँसो भेट्न आएकी आमाले ‘केही चिज’ छोडेर गएकी थिइन्। ताला फोड्न उनले केही उपकरण छोडेर गएको हुनसक्ने अनुमा प्रहरीको छ | 

प्रहरी निरीक्षकको दरबन्दी रहेको धुलाबारी प्रहरीको हिरासतबाट थुनुवा भागेपछि झापा प्रहरीले छानबिन थालेको बताएको छ। प्रहरी नायब उपरीक्षकको नेतृत्वको टोलीले छानबिन थालेको छ | हिरासत २४ सै घन्टा प्रहरीको निगरानीमा हुन्छ। थुनुवा भागेका बेला ड्युटीमा रहेका प्रहरीमाथि अनुसन्धान भइरहेको मैनालीले बताए।

‘भागेका बखत हिरासत सुरक्षामा को खटिएको थियो र प्रहरीले ताल्चा फोडुन्जेल कसरी पत्तो पाएन भन्नेबारे अनुसन्धान भइरहेको छ,’ प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते