2026-07-06 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वयम्भूमा प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा

2019-08-18

भदौ १, काठमाडौं । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् । नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् ।

स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो ।

‘महिलाले भनेअनुसार सामान्य विषयमा विवाद हुँदा उनले मर्छु भन्दै पासो बेरेका थिए’, अनुसन्धान अधिकृत भन्छन्, ‘एक पटक त्यसो नगर्न भन्दाभन्दै मुक्का हानेर लडाएको उनले बताएकी छन् ।’

मुक्का प्रहारबाट आफू लडेको बताउँदै प्रहरीसँग महिलाले भनेकी छन्, ‘लडेपछि एकछिन भुइँमै झपक्क भएँ । उठेर हेर्दा झुण्डिएको देखेँ ।’ लगत्तै, झ्यालमा झुण्डिएका ठगुन्नाको सलको पासो खोलेको उनले बयान दिएकी छन् । प्रहरीका अनुसार, उनीहरु डेढ वर्षदेखि सँगै बसेका थिए ।

जवान ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन् । उनको श्रीमानको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने