Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा बाढीको उच्चजोखिम, सतर्क रहन आह्वान

२०७६, २ भाद्र सोमबार १५:३७

साउन २, नयाँ दिल्ली (रासस/सिन्ह्वा)  । भारतको केन्द्रीय राजधानी दिल्लीमा बाढीको जोखिम बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ । 

यमुना नदिको पानीको बहाब लगातार बढ्दै गएकाले बाढीको खतरा बढेको अधिकारीहरुले सोमबार बताएका छन् । 

बाढीको जोखिम र नदीको बहाबको व्यवस्थापनका बारेमा अप्नाउने रणनीतिका बारेमा छलफल गर्न नयाँ दिल्ली प्रदेश सरकारले सोमबार आपत्कालीन बैठक पनि बोलाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, “बर्तमान चुनौतीपूर्ण अवस्थाका बारेमा छलफल गर्न मैले संवन्धीत विभागका अधिकारीहरुसँगको बैठक बोलाएको छु ।”   

छिमेकी हरियाना प्रदेशसँग जोडिएको हाथीनी कुण्ड पुल क्षेत्रबाट यमुना नदीको पानी बढ्दै आएको देखिएकाले सतर्कता अप्नाउनु पर्ने भएको अधिकारीहरुको भनाई छ । 

स्थानीय अधिकारीहरुले तल्लो भूभागमा रहेका बासिन्दालाई सुरक्षित र माथिल्लो क्षेत्रमा सर्न आह्वान गरेका छन् । 

“बाढीको जोखिम नरहेको उच्च भूभाग तिर मात्रै बस्न र पालको व्यवस्था गर्न म सवैलाई आग्रह गर्दछु,” केजरीवालले ट्वीट गर्नुभएको छ । 

उहाँले २ हजार १२० ओटा पालहरु व्यवस्था गरिसकिएको पनि बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी