२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा घरपालुवा कुकुरलाई जथाभावी शौच गराए महानगरले कारवाही गर्ने

२०७६, ७ भाद्र शनिबार १३:४७

भदौ ७, काठमाडौँ | के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । 

अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ । 

मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन पनि आग्रह गरेको छ ।

कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिनुभयो । 

एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औशत २७४ पाउन्ड (एक लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् । 

एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ । 

कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन् । हाल काठमाडौँ महानगरपालिकामा करीब ८० हजार घरपालुवा र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार