२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराइ नाप्दा

२०७६, २३ भाद्र सोमबार १०:१४

भदौ २४, काठमाडौँ | अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो  । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नाप्ने काम भएको छ । 

सामान्यतया सगरमाथाको उचाइ नापिन्छ तर कविको मन न हो नापियो गहिराइ पनि ! आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार कविता वाचन गर्न सक्ने  प्रतिभाशाली युवा कवि नवराज पराजुलीका कविता  लिस्बनमा गुञ्जिँदा तालीले सत्कार गर्नाका साथै  चर्चित कविता ‘सगरमाथाको गहिराइ’ वाचन गर्दा भने दर्शकदीर्घाबाट ‘वान्स मोर, वान्स मोर’ को माग पनि भयो ।

युरोप यात्रामा रहनुभएका उहाँले पोर्चुगलमा ‘कविता कन्सर्ट’मा कविता प्रस्तुत गरिरहँदा दर्शकका तालीले कवि पराजुलीको लोकप्रियतालाई प्रमाणित गरेको थियो । लगातार पचपन्न मिनेटसम्म कविता वाचन गर्नुभएका उहाँले वाचन गर्नुभएका अन्तिम कविता ‘ह्यपी बर्थ डे’  ले स्रोतालाई भावुक मात्र बनाएन, सबैको आँखा पनि रसाएको देखिथ्यो । कवि आफैँले पनि गला अवरुद्ध पार्दै कविता वाचन गर्नुभएको थियो । ‘वामपन्थी लभ’, ‘रूख’ र ‘च्याउ’ कविताले पनि प्रशस्त ताली पाएको थियो । 

पहिलो पटक भएको उक्त कन्सर्टमा स्रोताको सहभागिता उल्लेख्य हुनाका साथै आफूहरु पनि उत्साहित बनेको आयोजक मेला लिस्बोयका प्रमुख हरि थापाले बताउनुभयो ।

प्रमुख व्यक्तित्व कवि पराजुलीको छोटो प्रतिक्रिया थियोे, “संसारकै उत्कृष्ट फुटबल स्ट्राइकर क्रिटियानो रोनाल्डो फुटबल गोल हान्छन्, आज उनैको देशमा मैले कवितामा गोल हान्ने मौका पाएँ, खुशी छु ।” 

नेपालको भूगोलसँग मिल्ने युरोपकै अर्को सुन्दर देश  स्विजरल्यान्डमा फेवाको उचाइ नाप्ने र वा एडमन हिलारीको कथा प्रस्तुत गर्ने उहाँको अर्को तयारी थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै