२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड अवरुद्ध

२०७६, ५ आश्विन आईतवार १०:२१

 असोज ५, गोरखा । गोरखाको लुँइटेल भञ्जाङ–आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड १० दिनदेखि अवरुद्ध भएको छ । लगातार परेको पानीका कारण सडक भासिँदा उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो । जिल्लाको पालुङटार नगरपालिका–३ स्थित बोहोरा गाउँमा पर्ने खण्डमा सडक भासिएर ५० मिटर तल पुगेको छ । 

“सडक भासिएपछि भदौ २६ गतेदेखि यो सडकखण्डमा सवारीसाधन पूर्णरुपमा ठप्प भएको छ”, स्थानीय रमित ढकालले भन्नुभयो, “सडक मर्मतको काम तीव्र गति हुन नसक्दा यात्रुले हैरानी खेप्नुपरेको छ ।” भूकम्प सहायता आयोजना कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक (एडिबी)को सहयोगमा तीन महीनाअघि मात्र उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएको थियो ।  

लामो समयसम्म सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्रु हिँडेरै गन्तव्यसम्म पुग्नपर्ने बाध्यता रहेको ढकालले बताउनुभयो । “मर्मतको काम अत्यन्तै सुस्त गतिमा अघि बढेको छ, दशैँको मुखमा सडक अवरुद्ध हँुदा व्यवसायीलाई समेत समस्या परेको छ”, उहाँले भन्नुभयो । 

सडक मर्मतका लागि पालुङ्टार नगरपालिका, सडकको निर्माणकर्ता र सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीले आरोप लगाएका छन् । गएको भदौ २५ गते राति परेको भारी वर्षाका कारण भर्खरै गरेको कालोपत्र सडक भासिँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले जानकारी दिनुभयो । 

पालुङ्टार नगरपालिकाका इञ्जिनीयर अनुप देवकोटाले भने लगातारको झरीका कारण सडक मर्मत तत्काल हुन नसकेको जानकारी दिनुभयो । अब साताभित्र भत्किएको सडक मर्मत गरी सञ्चालन गर्ने उहाँले दाबीसमेत गर्नुभयो । “अहिले ग्याबिन भर्ने काम भइरहेको छ”, इञ्जिनीयर देवकोटाले भन्नुभयो । उहाँले दशँै अघि काम सम्पन्न गर्ने गरी मर्मतको काम शुरु गरिएको बताउनुभयोे । उक्त सडकको तार्के डाँडा खण्डमा पनि ठूलो पहिरो जाँदा गएको साउनमा समेत एक हप्ताभन्दा बढी सवारी आवागमन रोकिएको थियो । 

भूकम्पीय आपत्कालीन सहायता परियोजनाअन्तर्गत एशियाली विकास बैंकको रु ७० करोड र स्वीस सरकारको प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने ३० किलोमिटर सडक कालोपत्र भएको थियो तर सडक कालोपत्र भएको भए पनि पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले भने हैरानी खेप्नुपरेको छ । सडक अवरुद्ध हुँदा त्यस क्षेत्र भएर भच्चेक लगायतका ठाउँमा आवतजावत गर्ने यात्रुलाई भने समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला