Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईंको घुर्ने बानी छ ? वेवास्ता नगर्नुस्, हृदयघात होला

२०७६, १४ आश्विन मंगलवार ०१:५५

असोज १४, काठमाडौं । नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङका अनुसार धेरैको निद्रामा घुर्ने बानी हुन्छ, वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको छु भन्ने आफैँलाई थाहा हुन्न । उनले निद्रामा घुर्ने बानी मोटोपना भएका र ज्येष्ठ नागरिकमा धेरै हुने जानकारी दिइन् ।

घुर्ने बानी पनि एक प्रकारको रोग हो भनेर थाहा नभएको हुनसक्छ तर यो घातक रोग भएको प्रस्ट पार्दै डा. तामाङले भने, “घुर्ने बानीका कारण मुटु, उच्च रक्तचाप र चिनी रोगलाई नराम्रो असर पार्छ, त्यसकारण यसलाई समयमा नै उपचार गर्नुपर्छ ।”

डा. तामाङले घुर्ने बानी भएको मानिस राति सुत्न सकेको हुँदैन, त्यसैले दिउँसो बढी निद्रा लाग्ने, गाडी, कार्यालय वा विद्यालयमा पनि एकैछिन बस्दा पनि निदाउने जानकारी दिइन् । सानो बच्चालाई घुर्ने समस्या हुनसक्ने जानकारी दिँदै चिकित्सकको सल्लाह लिनुपर्ने धारणा व्यक्त गरे । 

यसलाई धेरैले रोगभन्दा पनि सामान्य समस्याका रूपमा हेर्दै आइरहेका छन् । “मेरो निद्रामा घुर्ने बानी छ, यो रोग हो ? भनेर अस्पताल जाने व्यक्तिको सङ्ख्या निकै कम पाउँछौँ,” उनले थपे, “निद्रामा घुर्ने बानी कुनै रोगकै कारणले पनि हुने गरेको हुन्छ ।”

उपचार र बच्ने उपायका बारेमा डा. तामाङ भन्छिन्, “साधारण घुराइ मोटोपन हुनेहरू अथवा अन्य स्वस्थ मानिसलाई हुनसक्छ तर यसमा ‘स्लिप एप्निया’मा जस्तो श्वास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन ।

‘स्लिप एप्निया’ हुनेहरूलाई निदाएको बेला गर्धनभित्रको श्वासनली साँघुरो भई केही बेरका लागि बन्द हुन्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ । यसको केही समयपछि छोटो समयका लागि निद्रा खुल्छ अनि फेरि श्वासप्रश्वास सुचारु हुन्छ ।

अल्पकालीन परिणाममा मुटुको चाल गडबड हुने तथा हृदयाघात (हार्ट अट्याक)देखि लिएर दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक असरहरू हुन सक्ने भएकाले शङ्का लाग्नेबित्तिकै डाक्टरको परामर्श लिनु उचित हुने डा. तामाङको सुझाव छ । निद्रामा घुर्ने समस्या छ भने यसका लागि निद्रासम्बन्धी जाँच गर्नुपर्ने हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ