२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमका १२ ठाउँमा टेलिकमको फोरजी सेवा

२०७६, १५ आश्विन बुधबार १५:४२

असोज १५, धनगढी । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीसहितका १२ ठाउँमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक चौथो पुस्ताको ‘फोर जी’ सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । 

आज यहाँ आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चिसघर, बूढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगरमा यो सेवा शुरु भएको जानकारी दिइयो । 

प्रदेशका अन्य ९३ स्थानमा ‘फोरजी एलटिइ’ जडान पूरा हुने क्रममा रहेकामा ११ नयाँ स्थानमा टावर जडान कार्य जारी रहेकाले प्रदेशका थप क्षेत्रमा उक्त सेवा निकट भविश्यमै विस्तार गर्ने तयारी गरिएको जनाइएको छ । 

आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पु¥याउने सरकारको लक्ष्यअनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले फोरजी सेवाको विस्तार गर्न लागेको हो । ‘फोर जी’ सेवा शुरु भएसँगै टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउने भएका छन् । 

‘फोर जी’ सेवालाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । यो सेवा थ्रिजी सेवाभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि भएको टेलिकमका प्राविधिक बताउछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड १०० मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुने गरेको बताइन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाटै सातवटै प्रदेशमा एक साथ प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो । 

नेपाल टेलिकम, धनगढी कार्यालयमा आयोजित फोरजी सेवाको शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फोरजी सेवाको विस्तारले प्रदेशको समग्र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अहिलेको युग सञ्चारको युग रहेको भन्दै मुख्यमन्त्री भट्टले समग्र क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोग अति आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “सूचना प्रविधिको विकास सँगसँगै यसको जथाभावी प्रयोगले केही विकृति पनि देखिने गरेकाले यसको प्रयोग विकास र रुपान्तरणका लागि हुन जरुरी छ ।”कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड, नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाका निर्देशक नामाकर न्यौपाने, टेलिकम धनगढी कार्यालयका प्रमुख सुरत मल्ल, लगायतले फोरजी सेवा र यसको आवश्यकता माथि प्रकाश पार्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी