पढ्न करिब 1 मिनेट लाग्छ
<p>असोज २४, कैलाली | प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई आज पक्राउ गरेको छ । <br></p><p>त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो । </p><p>भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा चौधरीले शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो । </p>

