२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा रगत अपुग

२०७६, ९ कार्तिक शनिबार ०३:३०

कात्तिक ९, घोराही । दाङमा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले रगतको माग बढेको छ । त्यसका कारण जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ । बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुन सकेको छैन । 

रक्त सञ्चार केन्द्र दाङका अनुसार अझै २० प्रतिशत बिरामीले आफन्तबाट नै रगत लिने गर्दछन् । दैनिक १०/१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३०० युनिट रगतको आवश्यकता पर्ने रक्त सञ्चार केन्द्रले जनाएको छ । तुलसीपुर र घोराहीका रक्त सञ्चार केन्द्रका लागि गत आर्थिक वर्ष २०७६÷०७७ मा दुई हजार ९६० ले रक्तदान गरेका थिए । 

तुलसीपुरमा ६४४ युनिट रगत सङ्कलन भएकामा ६७३ युनिट रगत खपत भएको रक्त सञ्चार केन्द्र तुलसीपुरका नरेश चौधरीले बताउनुभयो । घोराहीमा दुई हजार ३१६ सङ्कलन भएको र त्यसमध्येमा दुई हजार २०० खपत भएको रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने बताउनुभयो । 

घोराहीमा दुई हजार ३१६ युनिटमा एक हजार ८८० युनिट पुरुषबाट र महिलाबाट ४३६ युनिट सङ्कलन भएको उहाँको भनाइ छ । त्यसैगरी डाइलोसिस सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक छ/सात युनिट खपत हुने गरेको छ । रक्त सञ्चार केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमताको भएकाले ६० युनिटभन्दा बढी स्टक गर्न नमिल्ने भएकाले समस्या रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । 

त्यसैगरी दाङमा ८० प्रतिशत बिरामीले रक्त सञ्चार केन्द्रबाट रगत प्राप्त गर्ने गरेका छन् । “जिल्लामा सबैभन्दा बढी ‘बी’ पोजेटिभ समूहको रगतको अभाव हुने गरेको छ”, केन्द्रका प्रमुख न्यौपानेले भन्नुभयो, “दाङमा सिकलसेलका बिरामी धेरै भएकाले पनि उनीहरुलाई ‘बी’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने गरेको हो ।” त्यसैगरी घोराहीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल र निजी अस्पताल दीपज्योति हस्पिटल, गोर्खा हस्पिटललगायतका अस्पतालमा रगत खपत हुने गरेको छ । 

त्यसबाहेक जिल्ला बाहिर बुटवल र नेपालगञ्जका अस्पतालमा समेत कहिले काहीँ माग भएबमोजिम रगत पठाउने गरिएको उहाँले बताउनुभयो । तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल, राप्ती लाइफ केयर हस्पिटल र तुलसी हस्पिटलमा रगत खपत हुने गरेको छ तर तुलसीपुरमा रगतको अभाव भए घोराहीबाट ल्याउने र घोराहीमा अभाव भए तुलसीपुरबाट पठाउने गरेको तुलसीपुरका इञ्चार्ज रेमन चौधरीले बताउनुभयो ।  

‘बी’ पोजेटिभ रगत दाङमा अभाव हुने भएकाले मागपूर्ति गर्न जेसीज, रोटरी र रोट्रयाकलगायतका सङ्घसंस्थासँग समन्वय गरी व्यवस्था मिलाउने गरिएको चौधरीको भनाइ छ । अन्य रगतभन्दा ‘ए’ र ‘बी’ नेगेटिभ तथा पोजेटिभ रगतका कहिले काहीँ समस्याले गर्दा शल्यक्रिया गर्दा समस्या हुने गरेको राप्ती प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर विनोद सिंहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने