२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आफ्नो गाउँको सडक आफैँ मर्मत गर्दै युवा

२०७६, १० कार्तिक आईतवार ०६:२३

कात्तिक १०, खोटाङ । अवरुद्ध सडक मर्मतमा स्थानीय सरकारलगायत कुनै पनि निकायले चासो नदेखाएपछि खोटाङ खार्मीका युवा आफँै मर्मतमा जुटेका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा दिक्तेल–बाक्सिला सडकखण्डको सात किलोमिटर सडक मर्मतमा जुटेका हुन् । 

जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको व्यापारिक केन्द्र बाक्सिला जोड्ने सबैभन्दा छोटो रुटमा पर्ने उक्त सडकखण्डमा मोटरसाइकलसमेत सञ्चालन नहुनेगरी बिग्रिएपछि मर्मत शुरु गरिएको युवाको भनाइ छ । 

सो सडक मर्मतमा वडा, नगरलगायत कुनै पनि निकायले अहिलेसम्म चासो नदेखाएपछि स्थानीय युवाले गठन गरेको संस्था ‘सेवा साहारा युवा समाज’को पहलमा शनिबारदेखि मर्मत शुरु गरिएको हो । 

खार्मीको तल्लो भेग तुर्खा हुँदै बास्पानी र बाक्सिलासम्म पुग्ने छोटो रुटको उक्त सडक मर्मत तथा स्तरोन्नतिमा कुनै पनि निकायको ध्यान नपुगेकाले युवा शक्ति जुट्नुपरेको संस्थाका अध्यक्ष हेमन्त राईले बताउनुभयो । 

“साविक ९ नम्बर वडामा पर्ने तुर्खा, कुम्देल, बिखर्कु र लम्बाका युवा सडक मर्मतमा जुटेका छन्”, उहाँले भन्नुभयो, “करीब छ महीनादेखि अवरुद्ध सडक मर्मत गरेर साना सवारी साधन बाह्रै महीना सञ्चालन हुनेगरी मर्मत गर्ने काम भइरहेको छ ।”

नेपालीको प्रमुख चाड दशैँ तथा तिहार मनाउन विभिन्न स्थानबाट गाउँ आएका युवा सडक मर्मतमा जुटेका छन् । सडक मर्मतमा जुट्ने युवालाई स्थानीय समाजसेवी इखबहादुर राईले खाजाको व्यवस्थापन गरिदिनुभएको छ ।

तापखोलाबाट मर्मत शुरु गरिएको सडक साविकको वडा नं ७ स्थित कालिका मावि खार्मीसम्म पु¥याइने संस्थाले जनाएको छ । देशमा स्थानीयले नै गर्नसक्ने कामका लागिसमेत अरुको मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनीहरुको धारणा छ ।

खार्मीसँगै जिल्लाको हरेक स्थानीय तहका युवा यतिखेर सामूहिक काममा व्यस्त छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको खोटाङ जिल्लामा चाडपर्वलाई लक्षित गरेर हरेक घरका एक÷एक जना स्थानीयवासी भेला भएर आफ्नो टोलमा भएका सामूहिक काम गर्ने प्रचलन छ ।

चाडपर्वको अवसर पारेर आवतजावत गर्ने पाहुनालाई लक्षित गरेर आफ्नो क्षेत्रको सडक, गोरेटोबाटो, धारा÷पँधेरा, मन्दिरलगायत सार्वजनिकस्थल मर्मत तथा सरसफाइ गर्ने चलन छ । जिल्लाका सबै ग्रामीण सडक कच्ची अवस्थामा रहेकाले वर्षाद्का कारण अवरुद्ध बनेपछि मर्मत गर्ने गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने