२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आफ्नो गाउँको सडक आफैँ मर्मत गर्दै युवा

१० कार्तिक २०७६, आईतवार ०६:२३

कात्तिक १०, खोटाङ । अवरुद्ध सडक मर्मतमा स्थानीय सरकारलगायत कुनै पनि निकायले चासो नदेखाएपछि खोटाङ खार्मीका युवा आफँै मर्मतमा जुटेका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा दिक्तेल–बाक्सिला सडकखण्डको सात किलोमिटर सडक मर्मतमा जुटेका हुन् । 

जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको व्यापारिक केन्द्र बाक्सिला जोड्ने सबैभन्दा छोटो रुटमा पर्ने उक्त सडकखण्डमा मोटरसाइकलसमेत सञ्चालन नहुनेगरी बिग्रिएपछि मर्मत शुरु गरिएको युवाको भनाइ छ । 

सो सडक मर्मतमा वडा, नगरलगायत कुनै पनि निकायले अहिलेसम्म चासो नदेखाएपछि स्थानीय युवाले गठन गरेको संस्था ‘सेवा साहारा युवा समाज’को पहलमा शनिबारदेखि मर्मत शुरु गरिएको हो । 

खार्मीको तल्लो भेग तुर्खा हुँदै बास्पानी र बाक्सिलासम्म पुग्ने छोटो रुटको उक्त सडक मर्मत तथा स्तरोन्नतिमा कुनै पनि निकायको ध्यान नपुगेकाले युवा शक्ति जुट्नुपरेको संस्थाका अध्यक्ष हेमन्त राईले बताउनुभयो । 

“साविक ९ नम्बर वडामा पर्ने तुर्खा, कुम्देल, बिखर्कु र लम्बाका युवा सडक मर्मतमा जुटेका छन्”, उहाँले भन्नुभयो, “करीब छ महीनादेखि अवरुद्ध सडक मर्मत गरेर साना सवारी साधन बाह्रै महीना सञ्चालन हुनेगरी मर्मत गर्ने काम भइरहेको छ ।”

नेपालीको प्रमुख चाड दशैँ तथा तिहार मनाउन विभिन्न स्थानबाट गाउँ आएका युवा सडक मर्मतमा जुटेका छन् । सडक मर्मतमा जुट्ने युवालाई स्थानीय समाजसेवी इखबहादुर राईले खाजाको व्यवस्थापन गरिदिनुभएको छ ।

तापखोलाबाट मर्मत शुरु गरिएको सडक साविकको वडा नं ७ स्थित कालिका मावि खार्मीसम्म पु¥याइने संस्थाले जनाएको छ । देशमा स्थानीयले नै गर्नसक्ने कामका लागिसमेत अरुको मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनीहरुको धारणा छ ।

खार्मीसँगै जिल्लाको हरेक स्थानीय तहका युवा यतिखेर सामूहिक काममा व्यस्त छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको खोटाङ जिल्लामा चाडपर्वलाई लक्षित गरेर हरेक घरका एक÷एक जना स्थानीयवासी भेला भएर आफ्नो टोलमा भएका सामूहिक काम गर्ने प्रचलन छ ।

चाडपर्वको अवसर पारेर आवतजावत गर्ने पाहुनालाई लक्षित गरेर आफ्नो क्षेत्रको सडक, गोरेटोबाटो, धारा÷पँधेरा, मन्दिरलगायत सार्वजनिकस्थल मर्मत तथा सरसफाइ गर्ने चलन छ । जिल्लाका सबै ग्रामीण सडक कच्ची अवस्थामा रहेकाले वर्षाद्का कारण अवरुद्ध बनेपछि मर्मत गर्ने गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य