२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एसपिएल क्रिकेट : आयोजक च्याम्पियन

१२ कार्तिक २०७६, मंगलवार ०२:४२

 कात्तिक १२, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर (एसपिएल) क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ । सोमबार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई दुई विकेटले हराउँदै आयोजकले उपाधि हात पारेको हो ।

विजेता क्लबले रु ४४ हजार ४४४ पुरस्कार पाएको छ भने उपविजेता शर्मालीले रु २२ हजार २२२ पाएको छ ।  सुल्लेखान खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको शर्मालीले निर्धारित १५ ओभरमा छ विकेटको क्षतिमा १२७ रन बनाएकामा कृषन चन्दले सर्वाधिक ४१ रनको योगदान गरेका थिए ।  आयोजकका तर्फबाट मीनबहादुर चन्दले चार विकेट हात पारे ।

एक सय २८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको आयोजकले १४ ओभर दुई बलमा मनोज चन्दको २८ रनको मद्दतमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । शर्मालीका तर्फबाट कृषन चन्दले दुई विकेट हात पारे । उनी म्यान अफ द फाइनल पनि चुनिए ।प्रतियोगितामा दुई अर्धसतकसहित १७९ रन र छ विकेट हात पारेका आयोजकका वीरेन्द्र चन्द प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए ।

उनले लिगको एउटा खेलमा छ बलमा छ छक्कासमेत हिर्काएका थिए । वीरेन्द्र म्यान अफ द म्याच हँुदै रु दुई हजार २२२ पुरस्कार हात पारे । यस्तै आयोजककै मीनबहादुर चन्द प्रतियोगिताभर ११ विकेट हात पार्दै उत्कृष्ट बलर चुनिए भने शर्मालीका विनोद चन्द प्रतियोगितामा १२८ रन हिर्काउँदै उत्कृष्ट ब्याट्सम्यान भए । दुवैले समान रु एक हजार १११ पुरस्कार पाए ।

विजेता तथा उपविजेता खेलाडीलाई शिवनाथ गाउँपालिकाका अध्यक्ष किर्णसिंह साउद र उपाध्यक्ष कुुश्मा चन्दले पुरस्कार प्रदान गर्नुभएको आयोजक क्लबका अध्यक्ष मनोजसिंह ठकुराठीले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा नौ टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य