२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

२०७६, १३ कार्तिक बुधबार ०५:१४

कात्तिक १३, दमौली । तनहुँको भीमाद नगरपालिका–९ कटनछापका ७५ वर्षीय गुमानसिं थापाले साउन अघि प्रतिमहीना रु दुई हजार भत्ता बुझ्नुहुन्थ्यो । साउनदेखि भने थापाले प्रतिमहीना रु तीन हजारको दरले चार महीनाको एकमुष्ठ रु १२ हजार बुझ्नुभयो । सरकारले साउनदेखि सामाजिक सुरक्षाभत्तामा वृद्धि गरेसँगै थापालगायत ज्येष्ठ नागरिक खुशी भएका छन् ।

“भत्ता बढ्यो भन्ने समाचारमा त सुनेका थियौँ”, उहाँले खुशी हुँदै भन्नुभयो, “अहिले हातमै रकम पाए पछि पक्का भयो ।” सोही वडाको पाथर्दीटोलका ७६ वर्षीया बोमाया राना पनि रु १२ हजार भत्ता बुझ्दा प्रफुल्लित हुनुहुन्थ्यो । “यसअघि मासिक रु दुई हजारको दरले भत्ता बुझ्थेँ, अहिले बढेर रु तीन हजार पुगेछ”, उहाँले भन्नुभयो, “भत्ता वृद्धि भएसँगै दैनिक घरखर्च चलाउन सहज हुने भयो ।”

वडा कार्यालयले गण्डकी विकास बैंक भीमाद शाखाको सहयोगमा वडा कार्यालयबाटै २३७ ज्येष्ठ नागरिकलाई तिहारको पूर्वसन्ध्यामा सामाजिक सुरक्षाभत्तावापतको रकम वितरण गरेको छ । वडाध्यक्ष इमान थापाले कूल लाभग्राही ३६७ मध्ये वडा कार्यालयमार्फत २३७ जनालाई भत्ता वितरण गरिएको जानकारी दिनुभयो । “अन्य लाभग्राही वडाभन्दा बाहिर रहेकाले उनीहरुको रकम बैंकमै पठाइएको छ”, उहाँले भन्नुभयो ।

सरकारले गएको जेठ १५ गते आव २०७६÷७७ को बजेटमार्फत वृद्धभत्ता रु तीन हजार तथा एकल महिलाको भत्ता मासिक रु दुई हजार पु¥याएको छ । यसअघि वृद्धभत्ता मासिक रु दुई हजार र एकल महिलालाई रु एक हजार भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त, अपाङ्गता भएका, लोपोन्मुख आदिवासी र जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षाभत्ता पनि रु एक हजार बढाइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने