२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा १५ श्ययाको अस्पताल सञ्चालनमा

१६ कार्तिक २०७६, शनिबार ०२:४०

कात्तिक १६, तुलसीपुर । दाङको बङ्गलाचुली गाउँपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनमा आएको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार गाउँपालिकाको केन्द्र कमिरेचौरमा रहेको काभ्रे स्वास्थ्यचौकीबाट अस्पतालको सेवा शुक्रबारदेखि शुरु गरिएको हो । अस्पतालको प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको स्वास्थ्य जाँच गरेर मेडिकल अधिकृत वसन्त शाहले सेवा शुरु गर्नुभएको थियो ।

गाउँमै विशेषज्ञ सेवा प्रदान गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजना अघि सारेको हो । गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका अनुसार अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट डाक्टर, स्वास्थ्य कर्मचारी करारमा राखेको छ । अपुग कर्मचारी काभ्रे स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीलाई परिचालन गर्ने अध्यक्ष वलीले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्य डाँगीले जनताको आवश्यकताअनुसार सरकारले काम गरिरहेको बताउनुभयो । ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवा दिनका लागि अहिले सरकारले यो अवधारणालाई अघि बढाएको समेत उहाँको भनाइ थियो । दाङको घोराही उपमहानगरपालिकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भने तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल छ । तीबाहेक दाङका अन्य स्थानीय तहले भने १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएका छैनन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान