२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जाडो छल्न बँेसी झर्दै डोल्पाली

२०७६, १६ कार्तिक शनिबार ११:२३

हेमन्त केसी, कात्तिक १६, जाजरकोट । चिसो बढ्न थालेपछि डोल्पाका स्थानीयवासीहरु बँेसी झर्न थालेका छन् । दशैँ, तिहार जस्ता ठूला पर्व सकिएलगत्तै यी जिल्लाका स्थानीयवासीहरु तातोको खोजीमा जिल्ला छोड्न थालेका हुन् । कर्णालीका जिल्लाहरुमा दिन प्रतिदिन चिसो बढ्दै जाँदा हिमपात हुने सम्भावना पनि रहेको छ । दैनिकजसो चिसो बढ्न थालेपछि आजभोलिको घाम प्यारो लाग्न थालेको मुड्केचुला गाउँपालिका–७ का स्थानीयवासी नवराज शाहीले बताउनुभयो । तल्लो डोल्पाभन्दा माथिल्लो डोल्पाका अधिकांश स्थानीयवासी बँेसी झरिरहेको काइके गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र रोकायले बताउनुभयो ।  

मङ्सिर, पुस र माघको तीन महीनाको जाडो छल्नका लागि जाजरकोट, नेपालगञ्ज, काठमाडाँै, सुर्खेत लगायतका जिल्लामा यहाँका स्थानीयवासी जाने गर्दछन् । अहिले डोल्पाको जुफाल विमानस्थलमा बँेसी झर्नेको ठूलो भीड रहेको छ । प्रत्येक वर्ष यही समयमा जाडो छल्न बेँसी झर्ने सर्वसाधारणको भीड लाग्ने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ ।

कर्णालीवासीको जाडो छल्न झर्ने शहरहरुमध्ये काठमाडाँै प्रमुख रोजाइमा पर्ने गर्दछ । यतिखेर जाडो मौसम शुरु भएसँगै कामकाजबाट समेत फुर्सद पाइने भएकाले पनि व्यक्तिगत कामकाजदेखि लिएर राजनीतिक भेटघाट र सामान किनमेलका लागि पनि काठमाडाँै धेरै जाने गरेका हुन् । जाडो छल्न तराई झरेका डोल्पावासी फागुन महीना लागेपछि मात्रै घर फर्केर यार्सागुम्बा सङ्कलनतर्फ लाग्छन् । 

हिँउदको मङ्सिर, पुस र माघमा चिसोका लागि फुर्सद निकालेर बँेसी झर्ने उपल्लो डोल्पावासी कात्तिक महीनाभरि हिँउदेबालीका रुपमा रोपिने गहुँ, जौ, उवा लगायतका अन्नबालीहरु लगाइसक्ने गर्छन् । केहीले हिँउदमा भारी हिमपात भई चिसोले घरबाहिर समेत निस्कन नसकिने भएकाले आगो ताप्नका लागि कात्तिकमा गुइँठा, दाउराको जोहो धेरै हुने गर्दछ । चिसोमा घट्ट तथा मिलहरुमा जानसमेत समस्या हुने भएकाले खाद्यान्नको समस्या नहोस् भनेर कात्तिकमै धेरै परिमाणमा खाद्यान्न कुटानी–पिसानी किनमेल गर्दछन् । 

सरकारी कार्यालय फुर्सदमा 

जाडो सयममा धेरैजसो सर्वसाधारण जाडो छल्न तराई झर्ने भएकाले कार्यालयहरुमा कामकाजको चाप कम हुने र कर्मचारी पनि फुर्सद हुने गरेको छ  । उपल्लो डोल्पामा रहेका छ वटा प्रहरी चौकीसमेत सदरमुकाम दुनैमा आइसकेको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताउनुभयो । उपल्लो डोल्पाका तीन वटा स्थानीय तहको कामसमेत सदरमुकाम दुनैमा हुने गर्दछ । जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरु कर्मचारीविहीन हुने गर्दछन् । कतिपय कार्यालयहरु सहयोगीको भरमा चल्दछन् । कर्मचारीहरु जाडो छल्न तथा घुमघामका लागि तराई झर्ने भएकाले यस समयमा कार्यालयहरु कर्मचारीविहीन हुने गरेका हुन् । कर्मचारी मात्रै नभई जनप्रतिनिधिहरुसमेत जाडो छल्ने बहानामा घुमघामका लागि तराईका जिल्लामा जाने गर्छन् । 

उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा, तल्लो क्षेत्रका तराईमा आएर स्थायी बसोबास गर्दा भूगोल जिल्लामै दुई क्षेत्रमा विभाजित छ । जिल्लाका उच्च भेगमा बसोबास गर्ने सर्वसाधारण तल्लो क्षेत्रमा भन्दा धेरै चिसो हुने भएकाले छ महीनाको अस्थायी बसोबासका लागि पशु चौपायसहित जाडो छल्न बँेसी झर्ने गर्दछन् । 

यतिखेर आर्थिक रुपमा मजबुद भएकाहरु भने काठमाडाँै, पोखरा, नेपालगञ्जलगायतका शहरमा जाने र आर्थिक अवस्था  कमजोर सर्वसाधारण चिसो कम हुने ठाउँ खोज्दै तल्लो क्षेत्रमा झर्छन् । यतिखेर उपल्लो क्षेत्रका मान्छेहरुले फुर्सदको समयको उपयोग गर्दै राडी, पाखी, झोला बनाएर बेच्ने र जिम्बुहरु अन्नबालीहरुसँग साटासाट गरेर आयआर्जन गर्ने गर्दछन् ।

डोल्पामा दुई प्रकारको शैक्षिक सत्र लागू हुँदै आएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङसोङ गाउँपालिकामा पर्ने सम्पूर्ण विद्यालयहरु चिसो समयमा बिदा हुन्छन् ।  उपल्लो डोल्पाका विद्यालय वैशाख मात्रै खुल्ने गर्दछन् । तल्लो डोल्पाका सम्पूर्ण विद्यालय पुस पहिलो साताभित्र बन्द भएर फागुन पहिलो साता खुल्नेछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने