२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते

२०७६, २३ कार्तिक शनिबार ११:३४

कात्तिक २३, बैतडी ।बैतडीमा शनिबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने सबै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका– १ का चन्दु थारु, अञ्जली थारु, रवीना थारु,  देउकुमाल  थारु, सिर्जना थारु, रीतु थारु, किसन थारु, फूलमती थारु, अमिता थारु, लाइकराम थारु र कैलालीको गौरीगैगा नगरपालिका ३ का कोट्टारी चौधरी घाइते भएका छन् । 

घाइतेमध्ये चन्दु, अञ्जली, रवीना, देउकुमाल र सिर्जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो । उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि अन्यत्र पठाइएको छ ।

अन्य घाइतेको पाटनमै उपचार भइरहेको छ । पाटन बजारबाट सडकमा काम गर्नका लागि मजदूर बोकेको ग्वाल्लेक निर्माण सेवाको लु ३ प ३६८१ नं को ट्रयाक्टर पाटन नगरपालिका ६ कदवारनजिक मेलापानीमा दुर्घटनामा परेको हो ।  दुर्घटना आज बिहान ९ बजे भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन् । ट्रयाक्टर सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे