२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते

२३ कार्तिक २०७६, शनिबार ११:३४

कात्तिक २३, बैतडी ।बैतडीमा शनिबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने सबै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका– १ का चन्दु थारु, अञ्जली थारु, रवीना थारु,  देउकुमाल  थारु, सिर्जना थारु, रीतु थारु, किसन थारु, फूलमती थारु, अमिता थारु, लाइकराम थारु र कैलालीको गौरीगैगा नगरपालिका ३ का कोट्टारी चौधरी घाइते भएका छन् । 

घाइतेमध्ये चन्दु, अञ्जली, रवीना, देउकुमाल र सिर्जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो । उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि अन्यत्र पठाइएको छ ।

अन्य घाइतेको पाटनमै उपचार भइरहेको छ । पाटन बजारबाट सडकमा काम गर्नका लागि मजदूर बोकेको ग्वाल्लेक निर्माण सेवाको लु ३ प ३६८१ नं को ट्रयाक्टर पाटन नगरपालिका ६ कदवारनजिक मेलापानीमा दुर्घटनामा परेको हो ।  दुर्घटना आज बिहान ९ बजे भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन् । ट्रयाक्टर सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य