२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पञ्चकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान

२०७६, २४ कार्तिक आईतवार ०१:५९

कात्तिक २४, बागलुङ । बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो ।

 आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको सङ्घका महासचिव नरेश कँडेलले बताउनुभयो ।

केहीबेर बागलुङको आकाशमा उडेपछि चालक सुनवारले धवलागिरि बहुमुखी क्याम्पसको चौरमा प्याराग्लाइडिङलाई अवतरण गराउनुभएको थियो । क्याम्पस प्राङ्गणमा महोत्सव चल्ने हुँदा वैकल्पिक अवतरणस्थलको खोजी भइरहेको छ । “उपल्लाचौर, बसपार्क क्षेत्रलगायतका ठाउँ हेर्दैछौँ”, महासचिव कँडेलले भन्नुभयो ।

उडानका लागि प्राविधिक र वातावरणीय हिसाबले पञ्चकोट उपयुक्त रहेको चालक सुनुवारले बताउनुभयो । उक्त स्थानमा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । पञ्चकोट पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको छ । 

प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, हिमशृङ्खला अवलोकन आदिका लागि पनि पञ्चकोट उत्तम मानिन्छ । धावनमार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिने महासचिव कँडेलले बताउनुभयो । “बागलुङ महोत्सवको प्रमुख आकर्षणमध्ये प्याराग्लाइडिङ पनि एक हो”, उहाँले भन्नुभयो, “प्याराग्लाइडिङको गन्तव्य पहिचान र नियमित सञ्चालनको वातावरण बनाउन यसले सघाउने हाम्रो विश्वास छ ।”

साहसिक खेलका रुपमा समेत चिनिएको प्याराग्लाइडिङका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सव आयोजकले लिएको छ । महोत्सव अवलोकनमा आउने दर्शक÷पर्यटकले प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् । निश्चित शुल्क तोकेर उडान गराइने आयोजकले जनाएको छ ।

 पर्यटन र व्यापार प्रवद्र्धनसँगै खेल, कला, संस्कृतिको जगेर्नाका लागि आउँदो पुस ११ देखि २० गतेसम्म छैटौँ बागलुङ महोत्सव हुँदैछ । महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई पनि महोत्सवले सघाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा