२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

गल्छी-रसुवागढी सडक मुआब्जा विवाद, काम प्रभावित

६ मंसिर २०७६, शुक्रबार १४:२६

मङ्सिर ६, नुवाकोट | जग्गाको मुआब्जा विवादका कारण गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम प्रभावित भएको छ । सडक विस्तारबाट अतिक्रमणमा पर्ने जग्गाको मुआब्जा विवादबारे सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि सडक विस्तारको प्रभावित बनेको हो । 

‘गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना’ मार्फत भइरहेको सडक निर्माणको काम अदालतको आदेशपछि गेर्खुक्षेत्रमा गत कात्तिक २५ गतेदेखि रोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कात्तिक १९ गते ‘आयोजनाबाट प्रभावित बासिन्दालाई मुआब्जा सम्बन्धमा दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्कालका लागि निर्माण कार्य यथास्थितिमा राख्नु’ भनेर दिएको आदेशले सडक निर्माणको काम रोकिएको आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । सडक विस्तार गर्दा अधिग्रहण गर्न लागिएको जग्गाको जग्गाधनी मुआब्जा माग गर्दै अदालत गएपछि दुवै पक्षलाई छलफलमा बोलाएर त्यसपूर्व काम यथास्थितिमा राख्न अदालतले आदेश दिएपछि सडकको निर्माण रोक्नु परेको उहाँको भनाइ छ । 

साविक गेर्खु गाविस–४, ५, ६ र ९ का १४४ जग्गाधनी सडक विस्तारका क्रममा सडकको केन्द्रविन्दुबाट दायाँबायाँ १५/१५ मिटरकै मुआब्जा माग गर्दै अदालत पुगेका हुन् । ढुङ्गेदेखि बेत्रावतीसम्मको छ किलोमिटर दूरीको केन्द्रबिन्दुबाट दायाँबायाँ १०/१० मिटरको नदिई पाँच/पाँच मिटरको मात्र मुआब्जा दिने आयोजनाले जनाएको छ । केन्द्रबिन्दुबाट १०/१० मिटर सडक यसअघि त्रिशूली–धुञ्चे सहायक मार्ग विस्तार गर्ने क्रममा सरकारको नाममा आइसकेको आयोजना पक्षको दाबी छ । जग्गाधनीले यसअघि मुआब्जा नदिई सडक विस्तार गरेका कारण अहिले १५/१५ मिटर जग्गाको मुआब्जा पाउनुपर्ने माग गरेका हुन् । 

राष्ट्रिय प्रथामिकता प्राप्त आयोजनाको रूपमा चीनसँग नेपाल हुँदै भारतसम्म जोड्ने त्रिदेशीय मार्गको रुपमा विस्तार भइरहेको गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको काम हाल ५५ प्रतिशत पूरा भएको छ । दोस्रोपटक थप भएको म्याद मङ्सिरमा सकिँदैछ । सडक निर्माणका क्रममा मुआब्जा, विद्युतीय पोल, घर–टहरा, वन क्षेत्रलगायत समस्याले काम गर्न गाह्रो भएको निर्माणको जिम्मा पाएको कालिका/तुदी कन्स्ट्रक्सनले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान