२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा बाम गठबन्धनका शाही विजयी

१६ मंसिर २०७६, सोमबार ०२:३०

मङ्सिर १६, बलेवा । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो । 

शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याउनुभयो । बागलुङ क्षेत्र नं २ (ख) बाट दुई जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो हुनुभएका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत प्राप्त गर्नुभयो । 

त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा(संयुक्त)का निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गर्नुभएको छ । 

विसं २०७४ मा भएको आमनिर्वाचनमा तत्कालीन नेकपा(एमाले) र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खाली भएको बागलुङ क्षेत्र नं २ (ख) ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ । 

पैँतीस हजार १८४ मतदाता रहेको सो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । सोमध्ये ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल