२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी

१६ मंसिर २०७६, सोमबार ०२:५५

मङ्सिर १६, घोराही । दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

 नेकपाकी उम्मेदवार खत्री ओलीले  २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याउनुभएको छ । ओली  प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुनुहुन्छ । उत्तरकुमारको गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । आइतबार राति १२ बजे मतगणना सकिएको थियो ।

 राप्रपाका भूपाल रावतले २२५, राप्रपा(संयुक्त)का  छोटीलाल थारुले १३८, नेकपा(माले)का हरिप्रसाद डांँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका  सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० र  लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ तथा  काँग्रेस (बिपी) का दीपककुमार धितालले दुई मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गर्नुभएको छ । उपनिर्वचनमा ४५ हजार ७१८ मत खसेकामा  ७९७ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान