२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका पीडित किसानबाट क्षतिपूर्ति माग

२१ मंसिर २०७६, शनिबार ०६:१४

मङ्सिर २१, बेत्रावती । गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिएका छन् ।

गरिमा जातको धान भनेर नक्कली बीउ लगाएका कारण नोक्सान ब्यहोरेका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेपछि पीडित किसानबाट निवेदन सङ्कलन भइरहेको केन्द्रका प्रमुख तेजप्रसाद दुवाडीले जानकारी दिनुभयो । 

उहाँको अनुसार उन्नत जातमा पर्ने गरिमा नामक बीउ भनेर भारतबाट ल्याएको नक्कली धानको बीउ रोपेका किसानले एक हजार १०० रोपनीमा लगाएको धानमा नोक्सान पुगेको भन्दै क्षतिपूर्ति माग गरेका छन् । 

“किसानले लगाएको धान नफलेपछि सरकारले क्षतिपूर्ति दिन सकिने आश्वासन दिएपछि उनीहरुसँग निवेदन सङ्कलन भइरहेको छ”, केन्द्र प्रमुख दुवाडीले भन्नुभयो, “प्राप्त निवेदनअनुसार क्षतिपूर्तिको लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौँमा सिफारिस गर्नेछौँ ।” केन्द्रले क्षतिपूर्तिको लागि वडा तथा स्थानीयतहको सिफारिस, बीउ खरीद गरेको बिल र क्षति भएको धानखेतको तस्वीरलगायतका प्रमाण खुल्ने विवरणसहित निवेदन दिन किसानलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गरिमा जातको धान भनेर नक्कली बीउ लगाई नोक्सान ब्यहोरेका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि राहत पाउने आशामा पीडित बनेका किसान उत्साहित हुँदै निवेदन दर्ता गराएका छन् । गरिमा जातको धानको बीउ लगाएका कारण जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाको किसान बढी प्रभावित भएका छन् । नक्कली बीउ बिक्री गर्ने एग्रोभेट तथा वितरकको समेत लापरबाही पाइएकाले उनीहरु माथि पनि कारवाही गर्ने केन्द्रले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान