९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

२६ मंसिर २०७६, बिहीबार ०६:३७

मङ्सिर २६, चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हँुदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । 

गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हँुदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन् । घाइतहरुको काठमाडौँको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति