२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो

१ पुष २०७६, मंगलवार ०४:५३

पुस १, तुलसीपुर । मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् । 

मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुष पनि सोझै अदालतमा जान सक्ने व्यवस्था गरेपछि पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालत जाने गरेका हुन् । जम्मा ४७२ सम्बन्धविच्छेदका मुद्दा परेकामा २८८ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेको दाङ देउखुरी जिल्ला अदालतका श्रेस्तेदार धनीप्रसाद चापागार्इंले बताउनुभयो । 

दर्ता भएका मुद्दामध्ये १५० मुद्दा फछ्र्योट हुन बाँकी रहेको श्रेस्तेदार चापागार्इंले बताउनुभयो । तीन सय २२ मुद्दा भने फछ्र्योट भइसकेका उहाँको भनाइ छ । गत वर्षको तुलनामा सम्बन्धविच्छेदका घटनामा वृद्धि हँुदै गएका उहाँको भनाइ छ ।

सम्बन्धविच्छेदका लागि निवेदन दिने पुरुषले श्रीमतीले घर–व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा रहँदा घरमा सम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको कारण देखाउँदै मद्दा दिएको श्रेस्तेदार चापागाईंले जानकारी दिनुभयो । दाङ देउखुरी जिल्ला अदालतका अनुसार पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेमविवाह र नयाँपुस्ता आफूहरु स्वतन्त्ररूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको चापागाईंले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान