२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा १२० सवारी दुर्घटनामा ३६ को मृत्यु

२०७६, ५ पुष शनिबार ०९:१७

 पुस ५, तुलसीपुर (रासस)  । दाङमा चालू आर्थिक वर्ष २०७६/ ७७ को पहिलो चार महिनामा १२० सवारी दुर्र्घटना हुँदा ३६ को मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन बालक, छ बालिकाको मृत्यु भएको हो । 

साथै दुर्घटनामा ७० पुरुष, २० महिला, १० बालक, ६ बालिका गरी १०५ गम्भीर घाइते भएका छन् भने ३५ पुरुष, २३ महिला, पाँच बालक, १४ बालिका गरेर ७७ व्यक्ति भने सामान्य घाइते भएको रेग्मीले बताउनुभयो । ट्राफिक प्रमुख रेग्मीका अनुसार चालकको लापरवाही, ओभरटेक, तीव्रगति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु, सवारीको अवस्था ठीक नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, छाडा पशुचौपाया, सडकको अवस्था खराबलगायतका कारण दुर्घटना हुने गरेको छ । 

ट्राफिक प्रमुख रेग्मीका अनुसार साउनमा  ट्रक÷टिपर  चार, बस चार, जिप÷कार चार, ट्र्याक्टर एक, मोटरसाइकल १३ तथा अन्य गरी  २७ सवारी दुर्र्घटना भएको थियो । भदौमा ट्रक तीन, टिपर एक, बस तीन, जीप÷कार दुई, ट्र्याक्टर दुई, टेम्पो तीन, मोटरसाइकल १५ गरेर जम्मा २९ सवारी दुर्घटना भयो । असोजमा ट्रक एउटा, टिपर एक, बस दुई, माइक्रो एक, जिप÷कार दुई, टेम्पो तीन, मोटरसाइकल १३ गरी २३ दुर्घटना भएका छन् । कात्तिकमा ट्रक एउटा, बस तीन, माइक्रो एउटा, जिप एक, कार दुई, ट्र्याक्टर तीन, टेम्पो चार र मोटरसाइकल ११ तथा अन्य दुई गरी २७ दुर्घटनामा परेको रेग्मीले बताउनुभयो । मङ्सिरमा टिपर दुई, बस तीन, ट्र्याक्टर दुई, मोटरसाइकल सात गरेर १४ दुर्घटनामा परेका थिए । 

गत आर्थिक वर्षको तथ्याङ्कअनुसार साउन महिनामा २२, भदौमा २३, असोजमा २४, कात्तिकमा २४, मङ्सिरमा २६, पुसमा १५, माघमा २८ फागुनमा २१, चैत्रमा २०, वैशाखमा १५, जेठमा १५ र असारमा १५ गरेर जम्मा १५१ सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । गएको वर्ष छ बालकको मृत्यु भएको थियो भने ३५ घाइते भएका थिए । त्यस्तै बालिका दुईको मृत्यु भयो भने १५ घाइते भएका थिए ।  यस्तै ७५ पुरुषको मृत्यु भएको थियो भने २४७ घाइते भएका थिए । सवारी दुर्घटनामा १९ महिलाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने