२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

खानाका परिकारका स्वाद लिन धुलिखेल जाने कि ?

६ पुष २०७६, आईतवार ०५:१८

पुस ६, काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा ‘भ्रमण वर्ष २०२०’ को अवधिभर हरेक हप्ता खाना महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिकाले पुरानो बसपार्कमा हप्ताको तीन दिन खाना महोत्सवसहित स्थानीय कला, संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम सार्वजनिक गरेको छ । 

 धुलिखेलमा पर्यटक आकर्षण गरी बसाइँ लम्ब्याउन योजनाबद्ध कार्यक्रम बनाइएको नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिनभयो । उहाँले भन्नुभयो “हामी भ्रमण वर्षभर हप्तामा तीन दिन विभिन्न परिकारमा खाना महोत्सव आयोजना गर्नेछौँ, यसपटक धुलिखेलको पर्यटन, कला र संस्कृति विश्वभर चिनाउने प्रयास गर्नेछौँ ।”

 धुलिखेलमा रहेका ऐतिहासिक पर्यटकीय संरचनाको मर्मत भइरहेको तथा नयाँ बसपार्क बनाउनेसमेत योजना बनाइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिनुभयो ।

धुलिखेल नगरका १२ वटै वडामा हाल उद्यान निर्माण भइरहेको छ । नगरको भ्रमण वर्षलक्षित योजनामा अरनिको र बिपी राजमार्गअन्तर्गत धुलिखेल क्षेत्रमा १० नयाँ उद्यान निर्माण गरिने भएको छ । “आन्तरिक तथा बाह्य पर्यटकलक्षित कार्यक्रम पनि गर्नेछौँ, जसले स्थानीय संस्कृतिको विकास एवं स्थानीयवासीको आयआर्जनमासमेत टेवा पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले स्थानीय उद्योगी, निजी सङ्घसंस्था, गैरसरकारी संस्था एवं स्थानीयवासीलाई भ्रमण वर्ष सफल पार्न सहयोग गर्न अपीलसमेत गर्नुभएको छ । 

नगरको भ्रमण वर्षलक्षित कार्यक्रमको प्रशंसा गर्दै पर्यटकलाई विशेषरूपमा स्वागत, सम्मान एवं बसाइँलाई सहज बनाउन होटल व्यवसायी सजग रहने रिजनल होटल एशोसिएशन काभ्रेपलाञ्चोक सचिव एवं धुलिखलस्थित माउण्ट प्रिन्स होटल सञ्चालक ज्योत्सना सैँजूले बताउनुभयो । “हामी व्यावसायी धुलिखेल नगरसँग हातेमालो गरेर भ्रमण वर्ष सफल बनाउनेछौँ”, उहाँले भन्नुभयो । धुलिखेलमा ठूला–साना गरी ६० भन्दा बढी होटल छन् ।

 जिल्लामा यसअघि भ्रमण वर्षलक्षित पर्यटन प्रवद्र्धनार्थ पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ र नमोबुद्ध हाइकिङ शुरु गरिएको छ । सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले भ्रमण वर्षलक्षित नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन टे«किङ टे«ेल’का रूपमा विकसित गर्ने योजना बनाएको छ । पाँचखालमा स्थानीय उत्पादन, संस्कृति, पर्यटन, भ्यूटावर प्रवद्र्धनका लागि ११ दिने महोत्सव आयोजना गरिएको थियो ।

 पर्यटकीय नगरकोटस्थित बृहत् पर्यटन सहकारी संस्थाले विदेशी पाहुनाका लागि नगरकोटका हाल १० घरमा घरवास (होमस्टे) व्यवस्थापन गरेको छ । उसले पर्यटन सूचना केन्द्र स्थापना गर्ने, स्वदेशी–विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापन तथा घरवासको सङ्ख्या बढाउने, नगरकोटका होटलमा अग्र्यानिक तरकारी प्रयोग गराउने योजना बनाएको छ । गत हप्ता नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजले पनि भ्रमण वर्षलक्षित हाफ म्याराथुन प्रतियोगिता सम्पन्न ग¥यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य