असार ८, काठमाडौं । नक्कली चिकित्सकक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, काठमाडौं । नक्कली चिकित्सकक"/>
2026-07-03 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली डाक्टरबाट पीडित बिरामी खोज्दै प्रहरी

असार ८, काठमाडौं । नक्कली चिकित्सकको अभियोगमा पक्राउ परेकामध्ये केही गम्भीर प्रकृतिको उपचार पद्धतिमा समेत संलग्न रहेको खुलेपछि प्रहरी पीडितको खोजीमा जुटेको छ ।

पक्राउ परेका ३६ मध्ये १० जना सर्जरीलगायत गम्भीर प्रकृतिको चिकित्सा अभ्यासमा समेत संलग्न रहेको खुलेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूबाट उपचार लिँदा पीडित भएकाको खोजी गर्दै पीडित वा पीडितका परिवार भए निवेदन दिन आग्रहसमेत गरेको छ ।

‘अनुसन्धानमा पक्राउ परेकामध्ये केही विशेषज्ञका रूपमा गम्भीर प्रकृतिको रोगको उपचारमा समेत संलग्न रहँदै आएको अनुसन्धानमा खुल्यो,’ ब्युरोका डीआईजी नवराज सिलवालले कान्तिपुरसँग भने, ‘उनीहरूबाट उपचारका क्रममा कोही पीडित भएको भए उजुरीका लागि सार्वजनिक आहवान गर्छौं ।’

ब्युरोले आईएस्सीको नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा शुक्रबार र शनिबार पक्राउ गरेका ३६ मध्ये अरुणकुमार गुप्ता, लीली राजवंशी, रावेत रञ्जनकुमार ठाकुर, मोहम्मद अब्दुल कलाम, रजनी अग्रवाल, रामजी यादव, रामकुमार प्रधान, विष्णुप्रसाद भुसाल, दिनेशकुमार साह र सरोजकुमार सिंह विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत थिए । अरुणकुमार १८, मोहम्मद १७, लीली १४, रामजी र सरोज १० वर्षदेखि चिकित्सक पेसामा संलग्न रहेको खुलेको छ ।

४ नक्कली डाक्टर नेपाली कलेजकै
प्रहरीले नक्कली चिकित्सकको अभियोगमा पक्राउ गरेकोमध्ये ४ जना नेपालकै मेडिकल कलेजबाट एमबीबीएस पढेको खुलेको छ । ब्युरोको हिरासतमा रहेका ३६ चिकित्सकमध्ये चार जनाले नेपालकै मेडिकल कलेजबाट एमबीबीएस पढेको खुलेको हो ।

ब्युरो स्रोतका अनुसार पक्राउ परेकामध्ये फिरोज गान्धी कलेज पटनाबाट आईएस्सी उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्रका आधारमा इसादुल हक आईओएमबाट २०११ मा चिकित्सक लाइसेन्स पाएका हुन् ।

विनीता मण्डलले नेपाल मेडिकल कलेज जोरपाटीमा अध्ययन गरेकी हुन् भने श्रीराम घिमिरेले युनिभर्सल मेडिकल कलेज र दिनेश साहले कलेज अफ मेडिकल साइन्स भरतपुरबाट एमबीबीएस उत्तीर्ण गरेको नेपाल मेडिकल काउन्सिलमा उनीहरूले बुझाएको विवरणबाट खुलेको छ ।

अन्य चिकित्सकले रसिया, पाकिस्तान, बंगलादेश र चीनको एमबीबीएसको शैक्षिक प्रमाणपत्र पेस गरेर काउन्सिलको परीक्षा उत्तीण गरेका थिए । काउन्सिलको विवरणअनुसार पुनमले बंगलादेशको रंगबुर मेडिकल कलेजको एमबीबीएस र बीडीएसको प्रमाणपत्र पेस गरेकी छन् । स्याङ्जाको गंगालाल माविबाट एसएलसी गरेका बुद्धिमानले भारतको सरला सत्यनारायण यादव कलेजको आइएस्सी र ललितनारायण मिथिला विश्वविद्यालयको बीडीएसको प्रमाणपत्र पेस गरेका छन् ।

झापाको सगरमाथा आवासीय माध्यमिक विद्यालयको एसएलसीको प्रमाणपत्र रहेको लीलीको आइएस्सीको प्रमाणपत्र विहारको केएस कलेजको छ भने एमबीबीएस युक्रेन र एमडी तिलगंगा इन्स्टिच्युटको छ ।

विनीताको आइएस्सी विहार इन्टरमिडियट काउन्सिलको र बीडीएस कर्नाटकको छ । रावेत रञ्जनको एसएलसी, आइएस्सी र बीडीएसको प्रमाणपत्र सबै भारत विहारको छ । एमडीको प्रमाणपत्र नेपाल मेडिकल कलेज जोरपाटीको छ ।

बोदितको एसएलसी पानीपोखरीको भानुभक्त विद्यालयको छ भने आइएस्सी विहार इन्टरमिडियट काउन्सिलको । बीडीएस चुवास स्टेट युनिभर्सिटी रसियाको रहेको काउन्सिलको विवरणमा उल्लेख छ ।

प्रहरी हिरासतमा रहेका दीपेशले प्राइभेट एसएलसी दिएका थिए । आइएस्सी भारत र एमबीबीएस बंगलादेशको देखिन्छ । गजानन्दको नाममा आईएस्सी विहार पटनाको छ भने एमबीबीएस रसियाको, सञ्जयको नाममा रहेको शैक्षिक प्रमाणपत्र विहार र चीन, सन्तोषको विहार र बंगलादेश, गणेशको आएससी र बीडीएस नै विहारको देखिएको छ भने नीलिमाले काउन्सिलमा आईएस्सी र बीडीएसको प्रमाणपत्र भारतको पेस गरेकी छिन् ।

विनीताको आइएस्सीको प्रमाणपत्र विहारको छ भने एमबीबीएस नेपाल मेडिकल कलेज जोरपाटीबाट उत्र्तीण गरेको देखिन्छ । पक्राउ परेका अधिकांशको शैक्षिक प्रमाणपत्र भारत, रसिया र चीनको छ ।

संघको प्रस्ताव प्रहरीले मानेन
नक्कली शैक्षिक प्रमाणपत्र देखिएका चिकित्सकलाई पक्राउ गरी प्रहरीको कारबाहीको दायरामा ल्याउनुको साटो मेडिकल काउन्सिलको अनुमतिपत्र रद्द गर्ने नेपाल चिकित्सक संघको प्रस्ताव प्रहरीले अस्वीकार गरेको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र ब्युरोका डीआईजी नवराज सिलवाललाई भेटेर संघका अध्यक्ष अञ्जनीकुमार झासहितको टोलीले आइतबार नक्कली चिकित्सकलाई पक्राउ नगरी अनुमतिपत्र खारेज गर्न आग्रह गरेका थिए ।

ठगी मुद्दा अगाडि नबढाउन संघको प्रतिनिधिको आग्रहमा प्रहरीले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सकका रूपमा कार्यरत रहेकाको पहिचानपछि ठगीमा कारबाही गर्ने अडान राखेको थियो । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक