Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमै दुई यात्रु झारेर किन माध्यरात उड्यो विमान ?

२०७६, २२ माघ बुधबार ०२:३३

माघ २२, काठमाडौं । आइतबार राति बेइजिङबाट हिमालय एयरलाइन्सको विमानले थुप्रै नेपालीलाई काठमाडौँ ल्यायो । सो विमानबाट आएका एक जना यात्रीले सबै कहानी सुनाएःबेइजिङबाट अपरान्ह ५ बजेर ४० मिनेटमा उड्नुपर्ने जहाज राति १० बजे मात्र टेकअफ भयो । यसअघि शुक्रबार काठमाडौँ आउन लागेका चार जनालाई बेइजिङको तासिङ विमानस्थलबाट फर्काइएको थियो ।

निकै कडाइका साथ स्वास्थ्य जाँच गर्ने डिजिटल एएक्सरे मेसिनले नेपालीको तापक्रम ३७.४ डिग्री सेल्सियस देखाएको रहेछ । त्यही भएर आइतबार आउने हामी पनि उड्न पाउने अथवा नपाउने भन्ने द्विविधा मै थियौँ । सौभाग्यवश सबै यात्रुले उड्न पायौँ ।

आइतबार कुनै पनि यात्रीले तासिङ विमानस्थलबाट फर्कनु परेन । तर, विमानमा क्षमताभन्दा बढी यात्रु रहेछौँ । धेरै नेपाली, त्यसपछि बंगाली र केही चिनियाँ गरेर क्षमताभन्दा बढी यात्री भएकाले इन्धान झिक्नुपर्ने कारण उडानमा अबेर भयो ।

इन्धन झिकिसकेपछि दुईजना चिनियाँले आफूहरुलाई पसिना आयो, यात्रा गर्दैनौँ भने । शरीरमा ज्वरो आयो भनेपछि उनीहरुलाई ओराल्न थप समय लाग्यो । सुरक्षा र स्वास्थ्यको निकै लामो प्रक्रिया पूरा गर्नुपर्ने रहेछ । अनि बल्ल विमान उड्यो राति १० बजे नाघेपछि ।

इन्धन थोरै भएकाले काठमाडौँसम्म आउन पर्याप्त थिएन । त्यही भएर ढाकामा केहीबेर रोकी इन्धन भरेर आउँदा बिहान साढे तीन जति भएको थियो । बेइजिङमा दुईजना चिनियाँलाई संक्रमणको आशंकाका कारण झारेपछि हामी सबै यात्री त्राहिमाम भएका थियौँ । हामीमा त्यस्तो संकेत थिएन तर सबैमा मनोवैज्ञानिक त्रासचाहिँ थियो ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध