२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

कोरोना भाईरस : आपपिपल अस्पतालमा आईसोलेसन वार्डको स्थापना

५ चैत्र २०७६, बुधबार ०७:४३

चैत्र ५, गोरखा । पालुङटार नगरपालिका ३ मा रहेको आपपिपल सामुदायिक अस्पतालमा कोरोना भाईरसबाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि आईसोलेसन वार्डको स्थापना गरिएको छ । पालुङटार नगरपालिकाको सहयोग र समन्वयमा आईसोलेसन वार्डको स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक वाबुराम गिरी जानकारी दिए  | 


हाल विश्वभर कोरोना भाइरसको संक्रमण देखिएका बेला त्यसको सम्भावित जोखिमबाट सतर्क रहन अस्पतालमा ४ वटा बेड र आवश्यक औषधि उपकरण सहितको आईसोलेसन वार्ड स्थापना गरिएको गिरीले बताए  | एट्याच बाथरुमका साथै छुट्टै स्नान कक्ष सहितको आईसोलेसन वार्डको स्थापना गरिएको उनले बताए  | 


पालुङटार नगरपालिका नगर प्रमुख ई. दीपक बाबु कंडेलले उक्त कक्षको अनुगमन तथा निरिक्षण गरेका छन्  | विश्वभर फैलिरहेको कोरोना भाईरसबाट बच्नको लागि सबैले सतर्कता अपनाउनु पर्ने साथै व्यक्तिगत सरसफाईमा ध्यान दिदै सचेत रहनुपर्नेमा कंडेलले जोड दिए  | 


४० वेड क्षमताको अस्पतालमा सोमबार बाट स्तनपान कक्षको समेत स्थापना गरिएको छ। बच्चा जन्मेदेखि २ बर्ष सम्म निरन्तर आमाको दुध खुवाउनु पर्ने भएकोले अस्पताल आउने आमाहरुले आफ्नो बच्चालाई खुल्ला ठाउमा स्तनपान गराउन असहज हुने हुँदा स्तनपान कक्षको स्थापना गरिएको अस्पतालले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य