२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कोभिड १९: जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी

२०७६, १६ चैत्र आईतवार ०२:१४

चन्द्रकला भण्डारी | चैत १६, झापा |  झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ । जसमध्ये चार आइसीयूमा भर्ना छन् । चिकित्सक र अन्य स्वास्थ्यकर्मी भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ)को रूपमा उपयोग गर्दै बिरामीको उपचारमा खटिन बाध्य छन् ।

अस्पतालका निर्देशक बालकुमार पोखरेल व्यक्तिगत सुरक्षाको भरपर्दो व्यवस्थाको अभावमै चिकित्सक र नर्सहरुले कोभिड–१९ सङ्क्रमणको जोखिम मोलेर विरामीको सेवा गरिरहेको बताउनुहुन्छ । सय बेडको सो अस्पतालमा १० वटा आइसियु र दुईवटा भेन्टिलेटर रहेको छ ।

“बजारबाट शुरुमै १५ सेतो रेनकोट ल्याएका थियौँ, त्यसैलाई पिपीइ ठानेर काम चलाइरहेका छौँ”, व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव खट्किएको बताउँदै अस्पतालका निर्देशक पोखरेल भन्नुहुन्छ, “पिपीइ र ग्लोब्स बजारमा पाइँदैन, सरकारले दिन सकेको छैन ।” उहाँले अत्यावश्यक औषधि र सामानको अभावमा निःशुल्क डाइलासिस सेवासमेत प्रभावित हुने समस्या दर्शाउनुभएको छ । अब सातामा दुईपटक डाइलासिस सेवा पाइरहेकालाई एकपटक मु्स्किलले दिन सकिने अवस्था उत्पन्न भएको उहाँले बताउनुभयो ।

नेपालमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएपछि झापाका सबै अस्पतालमा रोकथाम र निसङ्क्रमणका लागि सावधानी अपनाउन थालिएको हो । अस्पतालका कर्मचारीले प्रवेशद्वारमै बिरामीको अवस्था र समस्याका बारेमा सामान्य सोधपुछ गर्न थालेका छन् । तर, अस्पतालले इमर्जेन्सी बिरामी भर्ना लिने र उपचार गर्ने क्रम सतर्कतापूर्वक जारी राखेका छन् । 

विर्तामोडको ८०० श्ययाको सुविधासम्पन्न बीएण्डसी टिचिङ अस्पतालमा बिरामीबाहेकका आफन्त र सवारी चालकलाई अस्पताल प्रवेशस्थलमै निसङ्क्रमणका लागि हात धुन लगाउने वा स्यानिटाइजर प्रयोग गर्न लगाउने अनिवार्य व्यवस्था मिलाइएको छ । “हामीकहाँ अहिले सामान्य वार्डमा १०५ जना बिरामी भर्ना छन्”, बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले रासससँग भन्नुभयो' “आईसीयूमा १५ र सघन उपचारकक्षमा १० जनाको उपचार भइरहेको छ । हाडजोर्नी, न्यूरो र गाइनोको शल्यक्रिया पनि चालू छ ।”

कोरोना भाइरसबाट सङ्क्रमित बिरामीलाई छुँदा र उपचार गर्दा सावधानी अपनाउन सकिएन भने स्वास्थ्यकर्मीलाई नै सबैभन्दा पहिला सङ्क्रमण हुने भएकाले व्यक्तिगत सुरक्षा सामान (पिपीइ)को अविलम्ब पर्याप्त व्यवस्था गरिनुपर्ने बीएण्डसी अस्पतालमा कार्यरत डा लक्ष्मण ठाकुरले बताउनुभयो । 

अस्पतालले उच्च ज्वरो आएका बिरामीलाई ढोकाबाटै फर्काउन थालेको गुनासो सामाजिक सञ्जालमा फैलिन थालेको छ । तर, अस्पतालहरुले बिरामी फर्काएको नभएर आफूसँग सम्बन्धित विषयविज्ञ चिकित्सक नहुँदा अर्को अस्पतालमा लैजान सुझाव दिएको बताउँछन् ।

विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले गाइनो, अर्थोपेडिक, इमर्जेन्सी र सामान्य बिरामीलाई लकडाउनका बेला निर्वाध सेवा प्रदान गरिरहेको जनाएको छ । अस्पतालका निर्देशक रोमणि भट्टराईले आइसीयूमा एक गरी २० बिरामी भर्ना गरेर उपचार भइरहेको बताउनुभयो । 

सय श्ययाको सो अस्पतालमा सात सघन उपचारकक्ष, दुई  भेन्टिलेटर र तीन अति सघन उपचारकक्ष (एनआइसीयू) रहेका छन् । “लकडाउन भएको सङ्कटको अवस्थामा उपचार सेवा रोकेका छैनौँ”, मनमोहन अस्पतालका निर्देशक भट्टराई भन्नुहुन्छ, “व्यक्तिगत सुरक्षाका सामग्री नभएका कारण स्वास्थ्यकर्मी डराउँदै काम गरिरहनुभएको छ ।” आफँैले बनाएका ४० पिपीइ स्वास्थ्यकर्मीलाई प्रयोग गर्न दिइए पनि त्यस्ता सामग्री कतिको भरपर्दो हुन् भन्नेमा प्रश्न उठिरहेको उहाँ बताउनुहुन्छ ।

ढोका खुला राख्दा ज्वरो (तापक्रम) ननापी ह्वारह्वार्ती मानिस प्रवेश गर्ने भएको हुँदा कोभिड–१९ को त्रास फैलिएदेखि नै अस्पतालले मुख्य प्रवेशद्वारमा हात धुने र स्यानिटाइजर हातमा दलेर मात्र बिरामीका आफन्तलाई भित्र जान दिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । ठूलो जोखिम मोलेर स्वास्थ्यकर्मीले सङ्कटका बेला सेवा दिइरहेको उहाँको भनाइ छ । सरकारले जाँच्ने किट र पिपीइ उपलब्ध गराएमा आफ्नो अस्पताल कोरोना भाइरसको उपचार गर्न सक्षम रहेको उहाँले दाबी गर्नुभयो ।

झापाको बीएण्डसी अस्पतालले कोरोना भाइरसको उपचारका लागि सरकारलाई अस्पताल नै दिन तयार रहेको घोषणा गरिसकेको छ । तर, अस्पतालमा हाल पिपीइ, ग्लोब्स र मास्ककै समेत अभाव छ । “कोभिड–१९ जाँच्ने किट र व्यक्तिगत सुरक्षाका लागि पिपीइ सरकारले दिए हामी कोरोना भाइरस सङ्क्रमण भएको हो कि होइन भन्ने जाँच गर्न र कोरोनाका बिरामीको उपचार गर्न तयार छौँ”, बीएण्डसी अस्पतालका मेडिकल डाइरेक्टर निराजन पराजुलीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीय अस्पतालबाट पिपीइ, ग्लोब्स र मास्कको अभाव हुँदाहुँदै उपचार सेवा प्रदान भइरहेको बताउनुभयो । उहाँले अस्पताललाई ढोका बन्द नगर्न, ओपिडीबाहेकका उपचार सेवा नरोक्न र उपचारका लागि आउने बिरामीलाई नफर्काउन निर्देशन दिँदै व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ)को बन्दोबस्तका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते