२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

२०७६, २४ चैत्र सोमबार ०३:०२

शेरबहादुर सिंह | चैत २४, भिमदत्तनगर |  शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । 

कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो । नेपाल र भारतमा सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहँदा दार्चुलाको सीमावर्ती बजार धारचुलादेखि कञ्चनपुरको सीमावर्ती भारतीय वनबासा बजारसम्म नेपाली मजदूर रोकिएका छन् ।

भारतमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिमकै ठूलो नाका गड्डाचौकीबाट सबैभन्दा बढी करिब ७० हजारको सङ्ख्यामा नेपाली घर फर्किएको तथ्याङ्क छ । चैतको पहिलो साता भारतबाट आउने क्रम बढे पनि दोस्रो साता निकै ठूलो जमात भित्रिने पूर्वानुमान गर्दै गड्डाचौकी नाकामा सेना नै खटिएर आउनेको तापक्रम मापनको काम भयो ।

सेना पनि आफ्नो सावधानी अपनाउँदै तापक्रम मापनदेखि शङ्का लागेका बिरामीलाई अस्पताल पठाउने र हेल्थ डेस्कको व्यवस्थापनमा निकै सक्रिय रह्यो तर भारतबाट आउने हजारौँको सङ्ख्यालाई सीमामा व्यवस्थित हिसाबले राखेर सघनरूपमा चनाखो भएर स्वास्थ्य परीक्षण गर्न आवश्यक तयारी थिएन ।

त्यसैगरी भारतबाट बढी मजदूर तथा यात्रु भित्रिनेमध्येको अर्को ठूलो नाका हो कैलालीको त्रिनगर भन्सार नाका । चैत ११ गते लकडाउनका बेला सीमानाकामा रोकिएका यात्रुहरू त्यहाँ प्रवेश पाउनुपर्ने भन्दै आन्दोलनमै उत्रिए । कैलालीको त्रिनगर र खङ्क्रौला नाकाबाट ४६ हजार नागरिक भारतबाट आएको कोभिड–१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिम सङ्क्रमणको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि प्रयासरत रहेको बताउनुभयो । “सङ्ख्यात्मकरूपमा सङ्क्रमित बढी देखिएकाले पनि यसको जोखिम बढेर आयो”, उहाँले रासससित भन्नुभयो, “धनगढीमा महिलामाथि स्थानीय सङ्क्रमण देखिनुलाई झन जोखिम मानिएको छ ।” उहाँले ती महिलामा दोस्रो चरणको सङ्क्रमण देखिएको बताउनुभयो ।

“तेस्रो चरणमा देखिएपछि महामारीकै रुपमा फैलिने सम्भावना हुन्छ”, उहाँले भन्नुभयो, “यसको सबैभन्दा राम्रो उपाय भनेकै घरभित्र सुरक्षित बस्ने नै हो ।” उहाँले सरकारको निर्देशिकाबमोजिम यहाँका ८८ वटै स्थानीय तहले भारतलगायत तेस्रो मुलुकबाट आएका सर्वसाधारणको तथ्याङ्क सङ्कलन गरिरहेको बताउनुभयो । “तथ्याङ्क सङ्कलनमा यहाँका ८०० वटै स्वास्थ्य सङ्ख्यासमेत खटिएको अवस्था छ”, डा अवस्थीले भन्नुभयो, “स्वास्थ्य सामग्री केही मात्रामा छ, फैलियो भने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामान नै नहुने अवस्था छ ।” उहाँले पिपिइलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र दातृ निकायसित पनि सधैँ कुराकानी भइरहेको बताउनुभयो ।

त्यसैगरी यहाँका क्वारेन्टाइनमा बसेका नागरिकको स्वाब सङ्कलनका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सकसहित सात जनाको टोली सुदूरपश्चिम पठाउन लागेको उहाँले जानकारी दिनुभयो । भारतबाट कैलालीको लम्की र कञ्चनपुरका दुईमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिममा त्रास अझ बढेको पाइन्छ ।

“भारतमा विभिन्न शहरमा महामारी फैलिएपछि लाखौँको सङ्ख्यामा सर्वसाधारण घर फर्के”, अवस्थीले भन्नुभयो, “लकडाउनको तयारी हुँदै गर्दा सीमाबाट ठूलो सङ्ख्यामा आए पनि तिनको रेकर्ड राख्न सकिएन ।” उहाँका अनुसार चैत ११ गते नाकामा थुप्रेकामध्येबाटै एक युवकमा सङ्क्रमण देखियो । अब सङ्क्रमित बढे स्वास्थ्य सामग्री अभाव हुने अवस्था छ भन्दै उहाँले सङ्क्रमणलाई गम्भीररूपमा लिन सुदूरपश्चिमेली नागरिकसित आग्रहसमेत गर्नुभयो ।

चार जना सङ्क्रमित भइसकेको सुदूरपश्चिममा धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ भने बैतडी र डोटीमा पनि परीक्षणका लागि आवश्यक मेशिन उपकरण जडानको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ । सुदूरपश्चिम सङ्क्रमणको जोखिममा रहेको भन्दै सङ्घीय सरकारले पनि कैलाली र कञ्चनपुरमा कोरोना भाइरस परीक्षणका लागि र्यापिड टेस्टिङ कीट प्रयोग गर्ने निर्णय गरेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना सङ्क्रमण नियन्त्रणका लागि उपचार र आवश्यक व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । आइतबार मुख्यमन्त्री भट्टले क्वारेन्टाइन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापन, कालोबजारी नियन्त्रण, खाद्यान्न आपूर्ति यहाँका विषयगत मन्त्रीलाई जिम्मेवारी दिएर अघि बढिरहेको जानकारी दिनुभयो । “सङ्क्रमित बढ्दा अझ बढी तयारी गर्नुपर्ने देखियो”, उहाँले भन्नुभयो, “महामारीको कहरमा निजी अस्पताललाई पनि स्वास्थ्य सेवा दिन हातेमालो गर्न आह्वान गर्छु ।”

उहाँले प्रदेश सरकारले रु ४० करोडको कोष स्थापना गरेर यहाँका गरिब, विपन्न र ज्यालादारी गरी खाने वर्गलाई राहत वितरण गर्न कोषमा नीजि क्षेत्र, विभिन्न सङ्घ, संस्था र निकायबाट सहयोग उपलब्ध भइरहेको बताउनुभयो । “सङ्क्रिमत बढेसँगै सङ्घीय सरकारसँग गम्भीररूपमा सहकार्य हुँदैछ”, उहाँले भन्नुभयो, “भारतलगायत अन्य मुलुकबाट घर फर्किएका नागरिकलाई २१ दिन क्वारेन्टाइनमा बस्न आग्रह गर्दछु ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड