२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिकाद्वारा काठमाडौँबाट स्थानीयको उद्दार

२०७७, १२ बैशाख शुक्रबार १६:४१

वैशाख ११, काठमाडौँ | नेपालमा लकडाउन जारी रहँदा ज्वालामुखी गाउँपालिकाले काठमाडौँबाट स्थानीयको उद्दार गरेको छ । शुक्रबार बेलुका धादिङको ज्वालामुखी गाउँपालिकाले काठमाडौँमा समस्यामा रहेका विद्यार्थी, मजदुर तथा गाउँपालिकामा स्थाई घर भई समस्यामा रहेकाहरुलाई ७ वटा बस मार्फत उद्दार गरेको हो । 


समस्यामा परेका र जारी लकडाउनका कारण काठमाडौँमै बस्न बाध्य भएकाहरु गाउँपालिकाले गाउँ लैजाने जानकारी पाएपछि झन्डै चारसयको हाराहारीमा काठमाडौँ स्थित धादिङ बसपार्क हुँदै काठमाडौँका पायक पर्ने ठाउँहरुमा उपस्थित भएका थिए । यो कार्यको संयोजन भूमिका स्थानीय युवा रामबाबु अधिकारी र हेमराज छत्कुलीले गरेका थिए । 

स्थानीयलाई लिन ज्वालामुखी गाउपालिका वडा नं. ४ र वडा नं. ६ का वडाध्यक्षहरु काठमाडौँमै आईपुगेका थिए भने नेपाली कांग्रेस ज्वालामुखी काठमाण्डौ सम्पर्क समितिको पहलमा द  बर्गर हाउस, गोंगबुले गाउँसम्म जाने यात्रुहरुको स्वास्थ्य जाँच गर्दै मास्क, सेनिटाईजर र पन्जा वितरण गर्ने काम गरेको थियो । 


गाउँ लागिएको यात्रुहरुलाई गाउँमा गएर घरमै सुरक्षित कसरी हुने भन्ने बिषयमा ब्रिफिङ गरि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने