२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज थप एक जनामा कोरोना संक्रमण

२०७७, २६ बैशाख शुक्रबार ११:१६

वैशाख २६, काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

वैशाख २६, काठमाडौँ | शुक्रबार बिहानसम्म नेपालका १५ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये ११ जिल्ला भारतसँग सिमाना जोडिएका जिल्ला हुन् । 

बिहीबार मात्र कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ भने संक्रमणको स्थिति भारतसँग सिमाना जोडिएका तराईका   ११ जिल्लामा छ । बिहिबार दुई जनामा देखिएको संक्रमण पनि भारतसँगनै सम्बन्धित छ । उनीहरु भारतबाट आएका हुन् । उनीहरुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको छ । 

भारतसँग सिमाना जोडिएका ११ जिल्लाको विवरण: 

१. कंचनपुर – १ जना

२. कैलाली – ४ जना*

३. बाँके – २४ जना 

४. कपिलवस्तु – २ जना 

५. रुपन्देही – १ जना

६. चितवन – २ जना*

७. पर्सा – २४ जना 

८. बारा – २ जना 

९. रौतहट – ३ जना 

१०. धनुषा – १ जना 

११. झापा – २ जना 

११ जिल्लामा कुल संक्रमितको शंख्या:  ६६ जना 

माथिका बिभिन्न ११ जिल्ला मध्ये कैलाली र चितवन गरि तीन जना संक्रमितको ट्राभल हिस्ट्री भारतबाहेक तेश्रो मुलुकसँग जोडिएको छ । त्यस्तै सबैभन्दा बढी संक्रमित रहेको उदयपुर र भोजपुर भारतसँग सिमाना नजोडिएको भएपनि ट्राभल हिस्ट्री अनुसार भारतबाटै संक्रमित आएको र बाँकीलाई संक्रमित बनाएको हुनसक्ने अनुमान छ । यी बाहेक बागलुङमा दुई जना र काठमाडौँमा पाँचजना संक्रमित छन् । बागलुङ र काठमाडौँका संक्रमित तेश्रो मुलुकबाट आएको र सबै निको भईसकेको अवस्था छ । 

प्रदेश १ मा संक्रमित भेटिएका मध्ये ६ जना निको भएर घर फर्कीसकेका छन् भने थप ८ जना शुक्रबार डिस्चार्ज गर्ने तयारी भईरहेको बुझिएको छ । ट्राभल हिस्ट्रीको आधारमा भन्ने हो भने नेपालमा संक्रमित भेटिएका मध्ये ८५ प्रतिशत भन्दा बढी भारतसँग जोडिएको आंकलन गर्न सकिन्छ । सुरुवातमा संक्रमित भेटिएकाहरु अधिकांश तेश्रो मुलुकसँग जोडिएका थिए । 

प्राप्त सरकारी तथ्यांक अनुसार बिहीबारसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ११ वटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा