२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोना संक्रमणः पहिलो सय पुग्न १०६ दिन, दोस्रो सय पुग्न ५ दिन

२०७७, ३१ बैशाख बुधबार ०४:५१

वैशाख ३१, काठमाडौँ | नेपालमा कोरोना भाइरस फैलने दर तीव्र रुपमा बढेको छ । मंगलबार मात्र नेपालमा ८३ जना कोरोना संक्रमित भेटिएका हुन् । 

पहिलो सय संक्रमित भेटिन १ सय ६ दिन लागेको नेपालमा दास्रो सय पुग्न ५ दिनमात्रै लागेको हो । 

गतवर्ष माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलो चोटी कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको १०६ दिनसम्ममा अर्थात वैशाख २५ गतेसम्ममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर त्यसको ५ दिनमै मंगालबारसम्ममा कोरोना संक्रमितको शंख्या ११६ जना थपिएका छन् । 


सय संक्रमित पुगेको ५ दिनमै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१७ पुगेको छ । त्यसमा पनि कोरोना संक्रमितहरुको फैलने शंख्या समेत बढेको छ । बैशाख २५ सम्ममा १५ जिल्लामा कोरोना संक्रमित भेटिएकोमा अहिले ५ जिल्ला थपिएर २० जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । 

पछिल्लो समय देशभर परीक्षण दायरा बढाएसँगै नेपालमा संक्रमितको शंख्या पनि थपिएको हो । सरकारले लामो समयसम्म लकडाउन गर्दा पनि सिमानाकाबाट संक्रमितहरुको प्रवेश हुने क्रम नरोकिएको, भारतबाट अत्यावश्यक सामान बोकेर छिर्ने मालवाहक गाडीमा आएका चालक तथा सह-चालकहरुको निगरानी तथा व्यवस्थापन नभएको, सिमाबाट छिर्ने मालवाहक सवारीहरुका कारण कोरोनाको उच्च जोखिम रहेको लागायत कारणले नेपालमा कोरोना संक्रमण बढीरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो