२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

उद्धारको सजगताले सङ्क्रमणबाट जोगियो समुदाय

२०७७, १० जेष्ठ शनिबार ०१:५६

जेठ १०, भद्रपुर (रासस) |  झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन । 

सात दिनयता झापाको काँकडभिट्टा, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज नाकाबाट एक हजार २०० जना नेपाल प्रवेश गरेकोमा झापाका २०० लाई आफ्नै पालिकाको क्वारेन्टिनमा लगिएको छ । एक हजार विभिन्न होल्डिङ सेन्टर र सीमा नजिकका क्वारेन्टिनमा बसेका छन् ।

भारतबाट आएका ६६ जनालाई विराटनगर र धरानमा पिसीआर परीक्षण गरिँदा ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ । ती दक्षिणी गाउँपालिका कचनकबलका हुन् । झापाका कूल सङ्क्रमित ३५ जना हुन् । दुई निको भएर घर फर्किसकेका छन् । सङ्क्रमित सङ्ख्या प्रदेश नं १ कै धेरै हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले सीमाबाट उद्धार गरिएका ३३ जनामा कोरोना सङ्क्रमण भएको पाइए पनि उनीहरुलाई उद्धार गर्दा र क्वारेन्टिनमा पुर्याउँदा अत्यन्त सजगता अपनाइएको बताउनुभयो । “सीमामा आइपुगेकालाई तत्काल उद्धार गर्यों”, प्रहरी उपरीक्षक कोइराला भन्नुहुन्छ, “व्यवस्थित क्वारेन्टिनमा राख्यौँ, त्यहीकारण उहाँहरुको सम्पर्कबाट समुदाय जोगियो ।” झापामा भारतबाट आएका सङ्क्रमितबाट समुदायको एक जनामा पनि कोरोना नफैलिएको उहाँले बताउनुभयो ।

रेल यातायात सञ्चालन भएपछि भारतको विभिन्न शहरका नेपाली स्वदेश फर्कने क्रम तीव्र छ । झापाको सीमा क्षेत्रसम्म आएपछि नेपाली पक्षबाट सुरक्षित किसिमले उद्धार हुँदै आएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउनुहुन्छ । काँकडभिट्टा नाकाबाट मात्र एक हजार नेपाली भित्रिइसकेका छन् । 

मध्यरातमा सीमाबाट भित्रिएका नेपालीलाई समुदायमा मिसिन नदिइ उद्धार गर्दै होल्डिङ सेन्टर र क्वारेन्टिनमा जनप्रतिनिधि र प्रहरीले पुर्याउने गरेको मेचीनगर–६ काँकडभिट्टाका वडाध्यक्ष ललित तामाङले बताउनुभयो ।

सीमाबाट भित्रिरहेका नेपालीलाई समुदायमा मिसिन नदिन सीमाको पहिलो पङ्क्तिेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र रेडक्रसकर्मीले सघाउने गरेका छन् । 

बिहीबार मध्यरातमा काँकडभिट्टा नाकाबाट ३०० नेपाली भित्रिएका थिए । उनीहरुलाई मध्यरातमै सीमा क्षेत्रबाट उद्धार गरी यातायातको साधन प्रयोग गरी काँकडभिट्टा माविमा रहेको होल्डिङ सेन्टर, धाइजनस्थित स्वास्थ्य चौकी र इँटाभट्टास्थित आदर्श माविमा रहेको क्वारेन्टिनमा पुर्याइएको मेचीनगरकी उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो । उनीहरुमध्ये १४५ जनाको शुक्रबार आरडिटी गर्दा १५ मा एन्टीबडी पोजेटिभ भेटिएको छ । 

आफूखुशी घर नपुगुन् भनेर मध्यरातमै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल आफ्नो पालिकाका बासिन्दालाई उद्धार गरी लैजान मेची पुलसम्म पुग्नुभएको थियो । उहाँले आफ्ना पालिकाका बासिन्दालाई सुरक्षितरूपमा क्वारेन्टिमा राख्नुभएको छ । यसकारण पनि समुदायमा भारतबाट आएकाहरुले घुलमिल हुन पाएका छैनन् ।

भारतबाट आएर झापाको होल्डिङ सेन्टर र क्वारेन्टिनमा बसिरहेका ६६ जिल्लाका बासिन्दा छन् । उनीहरु अधिकांश भारतको कोभिड–१९ को सङ्क्रमण फैलिएको दिल्ली र मुम्बइबाट आएका हुन् । कोभिड–१९ को जाँच नगरी उनीहरुलाई आफ्नो जिल्लामा नपुर्याइने जिल्लास्थित कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा अनुगमन समितिका संयोजक सोम पोर्तेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते