2026-07-25 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुग्यो

असार १५, काठमाडौँ । गत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित १२१ जना आज निको भई ‘डिस्चार्ज’ भएका छन् । हालसम्म २६६ महिला र दुई हजार ८६६ पुरुष गरी जम्मा तीन हजार १६४ जना डिस्चार्ज हुनुभएको छ । हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ८३४ जना पुगेको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा २२ वटा प्रयोशालामा सात हजार ७९१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिनुभयो । एक हजार ८२२ जनाको आरडिटी परीक्षण गरिएको छ ।

तीन हजार ६८५ जनाको आरडिटी परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या ५७ हजार ३६८ पुगेको छ । आइसोलेशनमा रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या १० हजार ८५ रहेको छ ।   

त्यसैगरी २४ घण्टामा देशैभरि ११२ जना महिला र ३६४ पुरुष गरी कूल ४७६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म एक हजार ५८६ महिला र ११ हजार ६६२ गरी जम्मा १३ हजार २४८ जना सङ्क्रमित भएका छन् । नेपालका ७७ वटै जिल्लामा फैलिएको कोभिड–१९ बाट हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

प्रवक्ता गौतमले भन्नुभयो, “हाल काठमाडौँ उपत्यकालगायत घनाबस्ती भएका शहरमा कोभिड–१९ को सङ्क्रमण वृद्धि भएकाले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले मिचीमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय अपिल गर्दछ ।”

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले कोरोना लागेको छ कि भन्ने डरले घरमै बस्नुभन्दा पनि समयमै परीक्षण गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ