साउन ११, दाङ । दाङको देउखुरीस्थित राप्ती नदी तर्नेक्रममा डुङ्गा डुब्दा बेपत्ता भएका सोमलाल बोहरा अझै भेटिएका छैनन् । 

राजपुर गाविस–७ गंदीघाटबाट नदी तर्ने क्रममा आइतबार बेलुका डुङ्गा डुब्दा बोहरासहित छ जना र ३६ वटा खसीबोका बगेका थिए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, दाङ । दाङको देउखुरीस्थित राप्ती नदी तर्नेक्रममा डुङ्गा डुब्दा बेपत्ता भएका सोमलाल बोहरा अझै भेटिएका छैनन् । 

राजपुर गाविस–७ गंदीघाटबाट नदी तर्ने क्रममा आइतबार बेलुका डुङ्गा डुब्दा बोहरासहित छ जना र ३६ वटा खसीबोका बगेका थिए "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्तीमा बेपत्ता बोहराको खोजी जारी

११ श्रावण २०७३, मंगलवार ०३:५०

साउन ११, दाङ । दाङको देउखुरीस्थित राप्ती नदी तर्नेक्रममा डुङ्गा डुब्दा बेपत्ता भएका सोमलाल बोहरा अझै भेटिएका छैनन् । 

राजपुर गाविस–७ गंदीघाटबाट नदी तर्ने क्रममा आइतबार बेलुका डुङ्गा डुब्दा बोहरासहित छ जना र ३६ वटा खसीबोका बगेका थिए । अन्यलाई स्थानीयले उद्धार गरेपनि त्रिपुर नगरपालिका– ९ हापुरका बोहरा भने बेपत्ता भएका हुन । 

बेलुकी ६:४५ बजेतिर उक्त घटना भएको थियो । बेपत्ता बोहराको अमेलिया, रिहार र चंगुवा चौकीबाट गएको प्रहरीको टोलीले खोजी कार्य जारी राखेपनि फेला नपरेको गाविस सचिव तुलसीराम खड्काले जानकारी दिएका छन् । 

खसीबोकाको किनबेच गर्दै आएका बोहरासहितको टोली खांग्राबाट आउँदै गर्दा डुङ्गा डुबेको हो । क्षमताभन्दा धेरै लोड भएपछि डुङ्गा डुबेको अनुमान गरिएको छ । सतवरीया र राजपुर जोड्ने स्थानमा पुल नहुँदा दुईवटा डुङ्गाले मानिसलाई वारपार गराउँदै आएका छन् । स्थानीयले नै वार्षिकरुपमा अन्नपात दिएर बोटेलाई खटाएका छन् । 

रोल्पा जिल्ला जैलीपोखरी घर भई हाल त्रिपुर–९ हापुर बस्दै आएका बेपत्ता बोहराको खोजीका लागि रोल्पाली सेवा समाजको टोली पनि गएको छ । समाजका अध्यक्ष मदनकुमार वलीको नेतृत्वको १० जनाको टोलीले प्रहरीसँगै बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध