Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता गौतमको गीत ‘यो बुद्धभूमि’ सार्वजनिक

२०७७, १२ भाद्र शुक्रबार १०:२८

भदौ १२, काठमाडौँ (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्नुहुन्छ । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गर्नुभएका उहाँले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गर्नुभएको छ । 

कोभिड– १९ का कारण यो ‘बुद्धभूमि’ नामक गीत आज भर्चुअलरुपमा सार्वजनिक भएको छ । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर  छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कनकर्ता दीर्घ गुरुङ हुनुहुन्छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न  प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ ।  

उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसक्नुभएको छ । उहाँले  आफ्ना ती गीतलाई सङ्कलन गरी गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याउनुभएको छ । उहाँका ती गीत राष्ट्रियभावले भरिएका छन् । त्यसलगायत कला, सांस्कृतिक, सामाजिक र आर्थिक उन्नतिका लागि पनि उहाँका गीतले सन्देश दिएका छन् ।

जनआन्दोलन २०६२/०६३ पछि राजतन्त्रको अन्त्यसँगै उदय भएको गणतन्त्रको शुरुआतमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोज्ने क्रममा गीतको छनोट गर्ने जिम्मा लिएको समितिलाई गौतमद्वारा रचित ‘प्राण प्यारो देश नेपाल’ पठाइएको थियो । 

“जनआन्दोलनपछि परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गीतको विकल्प खोजियो । नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो”, उहाँले भन्नुभयो, “मैले पनि आफूले रचना गरेको गीत पठाएँ तर उक्त गीत उत्कृष्ट सातभित्र पनि परेन ।

त्यही गीत मेरो गीतियात्राको प्रारम्भ बन्न पुग्यो ।” त्यसो त उहाँ आफूमा जीवनको प्रारम्भकालदेखि नै छन्द कविता र गीति लेखनमा रुचि रहेको बताउनुहुन्छ । विद्यालयस्तरदेखि नै गीतसङ्गीत र कवितामा रुचि राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पूरा भएको जनाकारी दिनुहुन्छ । 

“विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो”, उहाँ भन्नुहुन्छ, “तर त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छैन ।” 

–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी