२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु

२०७७, १३ भाद्र शनिबार १३:२६

भदौ १३, पर्सा (रासस) : विगत २४ घण्टाभित्र पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक तीनै जना वीरगञ्ज महानगरपालिका निवासी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृत्यु हुनेमा वडा नं १२ मुर्ली निवासी ४८ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेका छन् भने वडा नं २२ मनियारी निवासी ३७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

मुर्ली निवासी पुरुषको शुक्रबार राति ११ः५५ मा नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थ केयरमा र महिलाको  सोही दिन साँझ ६ः०० बजे नारायणी अस्पतालको आकस्मिककक्षमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो । उहाँले मनियारी निवासी युवालाई उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताउनुभयो ।

 hमृत्यु भएका तीनै जनाको यही भदौ १२ गते गरिएको पिसीआर परीक्षण पोजेटिभ आएको जिल्ला प्रशासन कर्यालयले जनाएको छ । मृतकमा उच्च ज्वरो,  खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतकमध्ये मुर्ली निवासी ४८ वर्यीय पुरुष एचआइभी पोजेटिभ रहेको प्रशासनले जनाएको छ । यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

 एक सुरक्षाकर्मीसहित ३१ नयाँ सङ्क्रमित भेटिए

एक सुरक्षाकर्मीसहित पर्सामा आज ३१ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको नमूनालाई नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पाँच महिला र २६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

गए राति गरिएको पिसीआर परीक्षणको आज दिउँसो आएको रिर्पोटमा सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा निवासी १४, पर्साको पोखरिया नगरपालिकाको विभिन्न वडा निवासी १० जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिप्रकाले दिएको जानकारीअनुसार पटेर्वासुगौली गाउँपालिका निवासी दुई, कालिकामाई गाउँपालिका निवासी तीन र प्रसौनि निवासी एक जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै पर्सामा सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९५ पुगेको छ । पर्साबाट एक हजार ६३२ पुरुष र ४६३  महिला हालसम्म सङ्क्रमित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो