२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कोभिड–१९ अस्पताल नयाँ भवनमा

१४ भाद्र २०७७, आईतवार ०७:०१

भदौ १४, झापा । मेची अस्पताल भद्रपुरमा सञ्चालित कोभिड–१९ उपचार केन्द्र नयाँ भवनमा सारेर सेवा शुरु गरिने भएको छ ।पुरानो भवनमा कोभिड र अन्य बिरामीको उपचार भइरहेकामा आजदेखि कोभिड–१९का सङ्क्रमितलाई अलग भवनमा उपचारको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनुभयो । उहाँले आजै अस्पतालमा उपचारत रहेका २२ कोरोना सङ्क्रमितलाई नयाँ भवनमा सारेर सेवा शुरु गरिने जानकारी दिनुभयो ।

नयाँ भवनमा सङ्क्रमितको उपचारका लागि ८० श्ययाको व्यवस्था गरिएको छ । पुरानो भवनमा १२ श्ययाको आइसोलेसन भने यथावत राखिएको छ । गत साउन १९ गतेदेखि झापामा पहिलोपल्ट मेची अस्पतालमा कोभिडको उपचार शुरु गरिएको हो । अस्पतालमा कोभिड भाइरसको परीक्षण गर्ने पिसीआर ल्याबसमेत सञ्चालन हुँदै आएको छ ।

मेची अस्पतालको नयाँ भवनमा रहेको कोभिड–१९ उपचार केन्द्रको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाली सेनाले लिएको र उपचारको व्यवस्थापन अस्पतालले नै हेर्ने गरेको अध्यक्ष पोर्तेलले बताउनुभयो ।

कनकाइको पिसीआर छिट्टै

झापामा समुदायले चन्दा उठाएर कनकाइ नगरपालिका–२ मा स्थापना गरेको पिसीआर प्रयोगशाला छिटो सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले प्रयोगशालामा आवश्यक पर्ने तीन प्राविधिक कर्मचारी नियुक्ति गरी तालिमका लागि पठाइएको छ ।

मेची अस्पताल मातहत सञ्चालन हुने सो प्रयोगशाला झापाको एकका लागि एक नामक अभियानबाट सहयोग सङ्कलन गरी स्थापना गरिएको हो । परीक्षण सफल भएपश्चात अभियानले प्रयोगशाला सरकारलाई हस्तान्तरण गरिने अभियानका सहसंयोजक विनोद बस्नेतले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य