२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कोभिड–१९ अस्पताल नयाँ भवनमा

२०७७, १४ भाद्र आईतवार ०७:०१

भदौ १४, झापा । मेची अस्पताल भद्रपुरमा सञ्चालित कोभिड–१९ उपचार केन्द्र नयाँ भवनमा सारेर सेवा शुरु गरिने भएको छ ।पुरानो भवनमा कोभिड र अन्य बिरामीको उपचार भइरहेकामा आजदेखि कोभिड–१९का सङ्क्रमितलाई अलग भवनमा उपचारको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनुभयो । उहाँले आजै अस्पतालमा उपचारत रहेका २२ कोरोना सङ्क्रमितलाई नयाँ भवनमा सारेर सेवा शुरु गरिने जानकारी दिनुभयो ।

नयाँ भवनमा सङ्क्रमितको उपचारका लागि ८० श्ययाको व्यवस्था गरिएको छ । पुरानो भवनमा १२ श्ययाको आइसोलेसन भने यथावत राखिएको छ । गत साउन १९ गतेदेखि झापामा पहिलोपल्ट मेची अस्पतालमा कोभिडको उपचार शुरु गरिएको हो । अस्पतालमा कोभिड भाइरसको परीक्षण गर्ने पिसीआर ल्याबसमेत सञ्चालन हुँदै आएको छ ।

मेची अस्पतालको नयाँ भवनमा रहेको कोभिड–१९ उपचार केन्द्रको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाली सेनाले लिएको र उपचारको व्यवस्थापन अस्पतालले नै हेर्ने गरेको अध्यक्ष पोर्तेलले बताउनुभयो ।

कनकाइको पिसीआर छिट्टै

झापामा समुदायले चन्दा उठाएर कनकाइ नगरपालिका–२ मा स्थापना गरेको पिसीआर प्रयोगशाला छिटो सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले प्रयोगशालामा आवश्यक पर्ने तीन प्राविधिक कर्मचारी नियुक्ति गरी तालिमका लागि पठाइएको छ ।

मेची अस्पताल मातहत सञ्चालन हुने सो प्रयोगशाला झापाको एकका लागि एक नामक अभियानबाट सहयोग सङ्कलन गरी स्थापना गरिएको हो । परीक्षण सफल भएपश्चात अभियानले प्रयोगशाला सरकारलाई हस्तान्तरण गरिने अभियानका सहसंयोजक विनोद बस्नेतले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते