Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भइन् ९६ वर्षीया वृद्धा

२०७७, २७ भाद्र शनिबार ०२:१०

 भदौ २७, बुटवल । रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्। ‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने, ‘त्यसले अरू जटिलता थपिन सक्थ्यो।’ यद्यपि, ती हजुरआमा घरका सदस्यलाई भनिरहन्छिन्, ‘मास्क लगाऊ, नत्र को¥यो (कोरोना) हुन्छ।’ उनी कोरोनालाई को¥यो भन्छिन्। कोरोना लागेपछि के हुन्छ भन्ने पत्तो छैन। न अहिले देखिएको त्रासकै बारेमा जानकारी छ।

सुरुमा एक जना नातिमा कोरोना देखिएपछि ती हजुरआमासँगै बुहारी पनि संक्रमणमा परिन्। तर, कुनै लक्षण देखिएन। ‘हजुरआमा कुनै लक्षण नै नदेखिई कोरोना संक्रमणमुक्त हुनुभयो’, नातिले भने। ती वृद्धाको स्याहारसुसार बुहारीले गरिन्। बुहारी पनि कोरोना पोजिटिभ नै थिइन्। छोराले पकाएर खुवाए।

हजुरआमाको दैनिकी अरू बेलाजस्तै बित्यो। कुनै लक्षण नदेखिएपछि थप औषधिको आवश्यकता देखिएन। खाजा, खाना खुवाउने नियमित प्रक्रियाजस्तै बन्यो। तातो पानी पर्याप्त खुवाइएको नातिले सुनाए। वनस्पतिको रसबाहेक अरू खुवाउनु परेन।

उनले मन्दिर जाने, पूजा गर्ने, नुहाउने, खानेजस्ता नित्यकर्ममै समय बिताइन्। ८४ पूजा गर्दाको मन्दिर घरमै छ। दिउँसो त्यही मन्दिरछेउ गएर बसिन्, साँझ–बिहान घरभित्रै। एक नातिलाई भने ज्वरो आएको थियो। हजुरआमाले सहजै निको भएपछि परिवारका सदस्य दंग छन्। सुरुमा जेठो नातिलाई संक्रमण देखिँदा त्रास थियो। दुई दिनसम्म सय डिग्रीभन्दा बढी ज्वरो आयो। पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमै बसे।

पाँच जनाको परिवारमा तीन जना संक्रमित भए, अन्यलाई संक्रमण देखिएन। ‘त्यति धेरै आत्तिइहाल्नुपर्ने अवस्था रहेनछ। तर, सतर्क हुनुपर्छ’, नातिले भने। कोरोनापछि हजुरआमालाई मास्क लगाउन नातिले सिकाए। कोरोनाका विषयमा अरू जानकारी दिएनन्। हजुरआमा निको भएपछि उनीहरूको निष्कर्ष छ, ‘कोरोनाबाट निको हुन आत्मबल चाहिँदो रहेछ।’ त्रासले झन् बढी जोखिम हुने उनीहरूको परिवारको अनुभव छ।

हजुरआमा निको भएपछि गाउँपालिकाका जनप्रतिनिधि घरमै आएर बधाई दिए। स्वास्थ्य मापदण्डअनुसार डिस्चार्जको प्रमाणपत्र थमाए। तर दोस्रो परीक्षण सरकारीस्तरबाट नभएपछि उनीहरूले निजी क्लिनिकबाट गराए। १७ दिनमा रिपोर्ट नेगेटिभ आयो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश