साउन १३, डडेल्धुरा । अब बन्ने राष्ट्रिय शिक्षा आयोगले पठ्क्रममा नैतिक शिक्षा, संस्कृत शिक्षा लगायत शिपमूलक, भौगोलिक स्तरिय बिषय वस्तु समेट्नु पर्ने सुदुरपश्चिम क्षेत्रका शिक्षा संग सम्बन्धित सरोकारवालाले पाठ्क्रम विकास केन्द्रलाई सुझाव दिएका छन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, डडेल्धुरा । अब बन्ने राष्ट्रिय शिक्षा आयोगले पठ्क्रममा नैतिक शिक्षा, संस्कृत शिक्षा लगायत शिपमूलक, भौगोलिक स्तरिय बिषय वस्तु समेट्नु पर्ने सुदुरपश्चिम क्षेत्रका शिक्षा संग सम्बन्धित सरोकारवालाले पाठ्क्रम विकास केन्द्रलाई सुझाव दिएका छन । 
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पाठ्यक्रममा नैतिक र संस्कृत शिक्षा अनिवार्य गर्नु पर्ने सुझाव

२०७३, १३ श्रावण बिहीबार १४:१४

साउन १३, डडेल्धुरा । अब बन्ने राष्ट्रिय शिक्षा आयोगले पठ्क्रममा नैतिक शिक्षा, संस्कृत शिक्षा लगायत शिपमूलक, भौगोलिक स्तरिय बिषय वस्तु समेट्नु पर्ने सुदुरपश्चिम क्षेत्रका शिक्षा संग सम्बन्धित सरोकारवालाले पाठ्क्रम विकास केन्द्रलाई सुझाव दिएका छन । 

डडेल्धुरा सदरमुकाममा सञ्चालित २ दिने बिद्यालय शिक्षाको पाठ्यक्रममा जनउपयोगी शिक्षाको प्रवद्र्धन तथा अक्षराङ्कन पद्धती सम्बन्धि कार्यशालामा सहभागीले शिप विकास तथा आयआर्जन मुखि शिक्षा आवश्यक भएको बताएका छन । समुह विभाजन गरि बिभिन्न बिषय वस्तुमा मागिएको सुझावमा स्थानिय स्तरको पहिचान संगै अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बिषयवस्तु पाठ्यक्रममा समावेस गर्नु पर्ने यस क्षेत्रका नागरिकको सुझाव थियो ।  दुई दिने कार्याशालाको समापन समारोमा बोल्दै क्षेत्रिय शिक्षा निर्देशक लालजंग चौहानले समावेशिताको शिद्धान्त अहिलेको परिपेक्षमा महत्वपुर्ण पक्ष भएको बताउदै सङ्कलन गरिएका सुझाव बहस बनि कार्यान्वयनका लागी आग्रह गरेका थिए । 

पाठ्क्रम विकास केन्द्रका उप–निर्देशक सुरेशकुमार जोशीले पाठ्यक्रम बुझिसके पछि मात्रै शिक्षामा सुधार हुने बताउदै अब केन्द्रको मुख ताकेर पाठ्क्रमको अभावमा नबस्नु पर्ने जनाएका थिए । यस बर्ष देखि प्रवेशिका परिक्षामा लागु गरिएको अक्षरांकन पद्धतीले जिल्ला शिक्षा कार्यालय, शिक्षक शिक्षिका, बिद्यार्थी अभिभावकले पुर्ण रुपमा बुझ्न नसकेकाले अक्षरांकन पद्धतीलाई सहज बनाउन जिल्ला शिक्षा अधिकारी दुर्गादत्त बिष्टले पाठ्क्रम विकास केन्द्रलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश