२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी–७ का ५२ परिवारलाई राहत वितरण

२०७७, ११ आश्विन आईतवार १८:५४

डि. पी छत्कुली | असोज १२, धादिङ | धादिङ जिल्लाको ज्वालामुखी–७ का ५२ परिवारलाई 'बाँचौ र बचाऊ अभियान' अभियानको सहयोगमा राहत वितरण गरिएको छ ।

नेपाली युथ एशोसिएशन युकेका उपाध्यक्ष तथा एनआरएन युकेका सल्लाहकार राजन खकुरालको सभापतित्वमा सम्पन्न भएको भर्चुअल कार्यक्रममा बागमती प्रदेशका सांसद डा.राजाराम कार्की प्रमुख आतिथ्य रहेको थियो । 

भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै “बाचौं र बचाऊ अभियान”का संयोजक एंव नेपाली वेलफेयर सोसाईटी युकको अध्यक्ष तथा  एनआरएन युकेका कार्यसमितिका सदस्य धनबहादुर सार्कीले कोरोना महामारी सुरु भए यता बेलायतस्थित विभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुको प्रयोजनमा नेपालमा राहत वितरण गर्दै आएको बताउनुभयो। 

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका सचिव एवं रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाईटी यूकेका उपाध्यक्ष जित रानाभाटले आफुले कोरोना संकट यता बिगत केहि महिनादेखि निरन्तर भर्चुअल कार्यक्रमको संचालन र आर्थिक सहयोग गर्दै आएको बताउनुभयो।


कोरोना महामारीबाट “बाँचौ र बचाऊ अभियान” अन्तर्गत ज्वालामुखी–७ का ५२ परिवारलाई राहत गरिएको हो । स्थानीय युवा बुद्धि नेपालीको सहयोग अपिलमा सम्पन्न भएको राहत वितरणमा स्थानीय सामाजिक अभियन्ता प्रताप कंडेल साथै समाज सेवी रुद्रप्रसाद खकुरालले कार्यक्रमको प्रत्यक्ष प्रसारण लगायतका अन्य व्यवस्थापनमा सहयोग गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष अरुण प्रसाद लोहनी, समाज सेवीहरु होमप्रसाद खकुराल, भोजराज खकुराल, शम्भु नेपाली, बुद्धि नेपाली, शंकर नेपाली, प्रकाश खकुराल, केशव खकुराल, बबी खकुराल, रोजन कंडेलको समेत उपस्थितिरहेको थियो । 

ज्वालामुखी–७ को स्थानापति निम्न माध्यमिक विद्यालयमा भएको वितरण कार्यक्रम पुर्व विद्यालय स्रोत व्यक्तिहरु ज्ञानेन्द्र खकुराल तथा ओम प्रसाद पाठक र विद्यालय प्रधानाध्यापक भद्रलाल खकुरालले समस्यामा परेका व्यक्तिहरुलाई पुर्याएको सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने