भदौ १५, विर्तामोड
। नेपाल पत्रकार महासङ्घ झापाका पूर्वसभापति एवम् नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण
हुमागार्इँलाई लिम्बुवान पार्टी नेपालका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएका छन् ।
अरुणपूर्वका
नौ जिल्ला बन्दको आह्वान गरेको सङ्घीय लिम्बुवानका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आज
बिर्तामोडमा कुटपिटगर्दा गम्भीर घाइते भएका हुमागार्इँको हाल बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार
भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडलेजनाएको छ ।
समाचार सङ्कलनमा हिडेका हुमागाईँ सवार मे २
प ५३६७ नंको मोटरसाइकलसमेत बन्दकर्ताले तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरीकार्यालयले जनाएको छ
।
लिम्बुवानले सोमबार र आज पूर्वका नौ जिल्लामा आमहड्ताल आह्वान गरेको हो ।
बन्दका कारण
झापासहित पूर्वको जनजीवन कष्टकर बन्दै गएको छ । यहाँ लामो तथा छोटो दूरीका कुनै पनि सवारी सञ्चालनमा
आउन सकेका छैनन् ।