भदौ १६, सुरुङ्गा (सास) । सुरुङ्गा र घैलाडुब्बा गाविसलाई गाभेर कनकाई नगरपालिका
बनाइएपछि प्रथम पटक यस क्षेत्रमा वडा स्तरीय फुटबलको आयोजना गरिने भएको छ ।
सुरुङ्गास्थित कनकाई उच्च
माविको खेल मैदानमा आगामी भदौ १८ गतेदेखि कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा
नगरपालिका भरका ९ वडाका टिमको सहभागिता रहने तय भएको छ ।
प्रतियोगितामा विजयी हुने टोलीले नगद १५
हजार १ सय ५५ रुपैयाँ र उपविजयी हुने टोलीले १० हजार १ सय ११ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र पाउने
मुल आयोजक समितिका संयोजक दुर्गा प्रसाईंले बताए ।
प्रतियोगिताको उद्घाटन खेल बडा नम्बर ४ र २ का
बीच हुने आयोजक समितिका अध्यक्ष ज्योतीकुमार उप्रेतीले बताए ।
यस प्रतियोगिताबाट खेलाडि छनौट गरी
नगरपालिकाकै फुटबल टिम कनकाई–११ बनाइने खेलाडी छनौट समितिका संयोजक सन्तकुमार रायमाझीले बताए ।