६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

साक्षरता दिवसमा दर्जन बढी सम्मानित

१७ भाद्र २०७२, बिहीबार ०८:३९

भदौ १७, इटाभट्टा (सास) । अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय
शिक्षा दिवसको अवसरमा काँकरभिट्टा स्रोत केन्द्रले बुधबार ३ दर्जन भन्दा बढी शिक्षक तथा
विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

किराँत याक्थुङ चुम्लुङको भवनमा आयोजित कार्यक्रममा २०७१ सालमा
अवकाश प्राप्त सहिद दसरथ चन्द उच्च माविका पुष्प बस्नेत, बिद्यालयका लिला निरौला, बालकल्याण माविका
बिष्णुनारायण श्रेष्ठ, धुलाबारी उच्च माविकी मनकुमारी पौडेल, मेची निमाविका रामबहादुर तामाङ, शिशु
साक्षर निमाविका चन्द्र सापकोटा, कबि शिरोमणी उच्च माविका चुडामणी रेग्मी र भगिरथ शर्मा सुवेदी,
ज्यामिरगढी माविका लिलादेवी भेट्वाल, स्वर्गीय चन्द्रप्रसाद केसी र स्वर्गीय ननितकुमार थापालाई सम्मान
गरिएको छ ।
त्यसैगरि खेलकुद क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत धुलाबारी उच्च माविका प्रधानाध्यापक
रुद्र कुरुङवाङ, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबिक्रम नेम्वाङलाई समेत सम्मान गरिएको छ ।
यसैगरी प्रावितर्फ उत्कृष्ट शिक्षकमा बालकल्याण माविकी धनकुमारी लामा, कविशिरोमणी उमाविका नरबहादुर मगर,
कुमार सुनुवार, अरनिको प्रविका ईश्वरकुमार श्रेष्ठ, गणेश खनाल, रनबहादुर जोगी र दिपा लिम्बु, निमाबि
तर्फका आदर्श उच्च माबिका लम्बोदर पौडेल, बाल सुबोधिनि निमाविका मित्रलाल काफ्ले, ज्यामीरगढि माबिका
गोपालबहादुर राउत, माबितर्फ धुलाबारी उच्च माविका भानु बशिष्टलाई सम्मान गरिएको छ । त्यसैगरी निजी
विद्यालयतर्फ उत्कृष्ट संस्थापक प्रिन्सिपलमा कन्टभेन्ट बोर्डिङ स्कुलका प्रिन्सिपल बिक्रम क्षेत्री
सेन्टपल बोर्डिङ स्कुलका प्रिन्सिपल कुमारआलेमगर, सनसाइन बोडिङ स्कुलका खेमराज थाम्सुहाङ, लिटल
अक्सफेर्टका माविका इन्द्रबहादुर प्रधान र ज्ञानज्योती स्कुलका हरीचन्द्र श्रेष्ठ तथा शिक्षकतर्फ जयन्ति
शर्मा, जानुका थापा, केशरनारायाण श्रेष्ठ, ल्याङरक शेर्पा, खेम लिम्बुलाई सम्मान गरिएको छ ।


कार्यक्रमकैबीच २०७१ सालको एसएलसी परीक्षामा स्रोत केन्द्र उत्कृष्ट हुने कवि शिरामणी उच्च माविकी
युनिता दाहाल र स्वस्तिक सापकोटा कक्षा ८ मा उत्कृष्ट हुने काँकरभिट्टा उच्च माविका निराजन सापकोटा र
छात्रातर्फ बाल कल्याण माविकी निरमाया खड्का सम्मानित भएका छन् । त्यस्तै प्रतिभातर्फ नृत्यमा
पुर्वाञ्चलमै प्रथम हुने सफल मेरी लिम्बु र उत्कृष्ट बालक्लबका अध्यक्षतर्फ बालकल्याण बाल क्लबी अध्यक्ष
मिक्सेन लावतीलाई सम्मान गरिएको थियो । उनिहरुलाई सम्मान–पत्र दोसल्ला र फूलअबिर सहित सम्मान गरिएको
थियो ।
स्रोत केन्द्र प्राचार्य हेमकुमार खड्काको सभापतित्व कार्यक्तमका प्रमुख अतिथि जिल्ला शिक्षा
अधिकारी डिल्लीराम लुइँटेल, सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, शिक्षक महासंघका जिल्ला अध्यक्ष
तेजप्रसाद चौलगाई, एन प्याप्सन झापाका अध्यक्ष सञ्जिव राई, धुलाबारी उच्च माविका प्राचार्य रुद्ध
कुरुङमाङ, अध्यक्ष गणेशविक्रम नेम्बाङ, प्रधानाध्यापक रुद्ध कुरुङमाङ, एन प्याप्सन झापाकी कोषाध्यक्ष
अनिता थापा, विद्यालय निरिक्षक सुरेन्द्र दाहाल, प्याप्सन झापाका सल्लाहाकार हरि अधिकारी, बुधबारे स्रोत
केन्द्रका स्रोत व्यक्ति सूर्य सापकोटा, सम्मानित व्यक्ति मिक्सेन लावती, भगिरथ शर्मालगायतले बोलेका थिए
। थियो । प्राचार्य हेमकुमार खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति लोकबहादुर दाहालले
गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या